प्रहरीको कुटाईबाट वीरगञ्जमा एकजनाको खुट्टा भाँच्चियो

प्रहरीको कुटाईबाट वीरगञ्जमा एकजनाको खुट्टा भाँच्चियो

वीरगन्ज ५ जेठ । नेपाल दुरसञ्चार कम्पनीका सेवानिवृत्त कर्मचारी ६७ वर्षीय नागेन्द्र पटेलका २ जना नातिनी छन् । वीरगन्ज महानगरपालिका– १६ निवासी पटेल सधैँझैं आइतबार बिहान पनि नजिकैको पसलमा दूध लिन जाँदै थिए, नातिनीहरुका लागि ।

नयाँ बसपार्कबाट नेसनल मेडिकल कलेज जाने मोडमा पुगेपछि त्यहाँ रहेका प्रहरीले उनलाई कहाँबाट आएको रु कहाँ जान लागेको रु भन्दै केरकार गरे । र, जहाँबाट आएको उतै फर्किन आदेश दिए । चोकमा अरु मानिस पनि उभिरहेका थिए । प्रहरीले यति भनेपछि पटेल फर्किए । पछाडि फर्किने बित्तिकै प्रहरीले उनको दाहिने खुट्टामा लठ्ठी हान्यो । उनी त्यहीं ढले । पहिलेदेखि चिनजानका व्यक्तिले उनलाई बोकेर घर पुर्‍याए ।

हिँडडुल गर्न नसकेपछि छोरा गुन्जनले बिहान करिब ८ बजे उपचारका लागि उनलाई नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल लगे । एक्स–रे मा खुट्टाको हड्डी भाँचिएको पाइयो । चिकित्सकले उनको खुट्टामा प्लास्टर गरिदिएका छन् । ‘३ महिनासम्म प्लास्टर राख्न चिकित्सकले भनेका छन्,’ नागेन्द्र भन्छन्, ‘घुँडाभन्दा मुनि हड्डी क्र्याक भएको छ ।’ बच्चाका लागि दूध लिन गएका वृद्ध बुबालाई किन हिर्काएको भनेर छोरा गुन्जन पटेलले अस्थाई प्रहरी चौकी बसपार्कका प्रहरीलाई साधेका थिए । ‘हामीले हैन, प्रहरीको टाइगर टोलीले हिर्काएको जवाफ दिए,’ गुन्जनले भने, ‘साह थर एक असईले पिटेको स्थानीयले देखेको बताएका छन् ।’



ट्रेन्डिङ