एकैदिनमा थपिए ५३ जना संक्रमित / यो सँगै नेपालमा संक्रमितको संख्या ३ सय ५७ पुग्यो

एकैदिनमा थपिए ५३ जना संक्रमित / यो सँगै नेपालमा संक्रमितको संख्या ३ सय ५७ पुग्यो

काठमाडौं ५ जेठ । सोमबार एकैपटक ५३ जनामा कोरोना भाइरस ( कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ३ सय ५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेमा मात्र ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । र, संक्रमितहरु मध्ये ४६ जना पुरुष र एक महिला छन् ।

त्यस्तै गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १/ १ जना गरी ६ जनामा पनि सोमबार नै कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु १८ देखि ३६ वर्ष उमेर समूहका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए । उनीहरुको स्थायी ठेगाना र हालको ठेगानामा कन्ट्याक ट्रेसिङ सुरु गरिसकिएको उनले बताए ।

गुल्मीका संक्रमित व्यक्ति मदाने गाउँपालिका वडा नं ६ पुर्कोटदहका हुन् । उनी केही दिनअघि मात्र निमोनियाको समस्या देखिएपछि उपचारका लागि बुटवल गएका गाउँपालिका अध्यक्ष दानबहादुर केसीले जानकारी दिए । ‘घरबाटै कति ननिस्कने र शिक्षण पेशामा रहेका उहाँमा कसरी कोरोना लाग्यो, हामी अचम्ममा परेका छौं’ उनले भने ।



ट्रेन्डिङ