प्रधानमन्त्रीले डाके आकस्मिक मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले डाके आकस्मिक मन्त्रिपरिषद् बैठक

काठमाडौं ५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । अहिले बेलुकी ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको एक मन्त्रीले जानकारी दिए । प्रधानमन्त्री ओलीले कोरोना भाइरसको फैलिँदो संक्रमण, सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटलगायतका विषयमा छलफल गर्न बैठक बोलाएको स्रोतको भनाइ छ । विभिन्न देशमा रहेका नेपालीहरुलाई देशभित्र ल्याउनेबारे छलफल हुनेछ । लकडाउनपछि भारत लगायतका देशमा ठूलो संख्यामा नेपालीहरु अड्किएका छन् । बंगलादेश लगायतका देशमा रहेका विद्यार्थीहरुले आफूहरुको उद्दारका लागि सरकारलाई आग्रह गर्दै आएका छन् ।

यसैबारे छलफल गर्न मन्त्रिपरिषद् बैठकभन्दा अघि रक्षा मन्लायलमा मन्त्रीहरुको बेग्लै छलफल पनि हुँदैछ । उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली तथा कृषि मन्त्री घनश्याम भुसाललगायत यो छलफलमा सहभागी हुँदैछन् ।



ट्रेन्डिङ