भरतपुुर महानगरपालिका वडा नम्बर ४ का वडा सदस्य निधन

भरतपुुर महानगरपालिका वडा नम्बर ४ का वडा सदस्य निधन

भरतपुर ५ जेठ । भरतपुुर महानगरपालिका वडा नम्बर ४ का वडा सदस्य प्रेम शर्मा पाठकको निधन भएको छ । पाठक लामो समय देखि आन्द्राको समस्याबाट ग्रस्थ हुनुहुन्थ्यो । ५७ वर्षिय पाठकको आज दिउँसो उपचारका क्रममा चितवन मेडिकल कलेजमा निधन भएको हो ।

 

 

 

उहाँ २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका वडा नम्बर ४ मा काङ्ग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित हुनु भएको थियो । २०२० साल पुष ७ गते भारतको मोतिहारीमा जन्मनु भएका पाठकले नेपाली काङ्ग्रेस भरतपुर महानगरपालिकाका पूर्व सचिब, नेपाल तरुणदल चितवनका पूर्ब सचिब भई काम गरिसक्नु भएको छ ।

काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले युवा नेता पाठकको निधनले पार्टीलाई अतुलनिय क्षती पुगेको बताउनुभयो । उहाँको अन्त्यष्ठि आजै देवघाटमा गरिने परिवारले जनाएको छ ।
उहाँको दुई छोरा र एक श्रीमती रहनु भएको छ ।



ट्रेन्डिङ