अमृत खानेपानी समिति विवाद चुलियो/ आफुखुशी गर्न समितिका पद्धाधिकारी व्यस्त / निर्णय फिर्ता नभए तालाबन्दी गर्ने उपभोक्ताहरुको तयारी

अमृत खानेपानी समिति विवाद चुलियो/ आफुखुशी गर्न समितिका पद्धाधिकारी व्यस्त / निर्णय फिर्ता नभए तालाबन्दी गर्ने उपभोक्ताहरुको तयारी

मनोज चौधरी /पिविएम न्यूज

शुक्रनगर ( भरतपुर ) ५ जेठ । भरतपुरमहानगरपालिका २५ स्थित अमृतनगर खानेपानी समिति विवादमा मुछिएको छ । समितिका नेतृत्वमाथी अपारदर्शीता गतिविधिमा सक्रिय भएको आरोप छ । खानेपानी वितरण र ब्यबस्थापनको जिम्मा पाएको अमृत खानेपानी समिति विवादमा मुछिएको यो पहिलो पटक होइन । बेला – बेला विवादास्पद गतिबिधीले चर्चामा आउने गरेको छ ।

गत पुष ९ गते समितिका अन्य सदस्यको समर्थन बिना अध्यक्ष नारायण रेग्मी,कोषाध्यक्ष माधब आचार्य र कार्यवाहक सचिव कृश्न हरि जमरकट्टेलले निर्णयमा प्रक्रिया नपुर्‍याइ बिनाटेन्डर सामान खरिद र कर्मचारी नियुक्ती गरेर पुन चर्चामा आएका छन् । खरिदसँगै निर्माणमा आफुखुशी गरेकाले विवाद चुलिएको हो । समिती भित्र र बाहिर उपभोक्ता तथा सरोकारवालाले उनीहरुको कामगर्ने शैलीको चर्को बिरोध गरेका छन् । यो बीचको पाँच महिना नबित्दै गत जेष्ठ ३ गते फेरि पनि बिना प्रक्रिया समितिका अन्य सदस्य हरुको बिरोधका बाबजुद थप दुइ जना कर्मचारी नियुक्त भएपछि समिती भित्रनै विवाद चुलिएको हो । उनीहरुको कामगर्ने शैलीवाट उपभोक्ता समेत आक्रोशित छन ।

अमृत खानेपानीले यहि जेष्ठ ३ गतेबाट खानेपानीको मिटर बितरण र रिडिङ कार्यको सुरुवात गरेको हो । विषम परिस्थितिमा सबै प्रक्रिया पुराउन नसकिएको कर्मचारी नियुक्त गर्ने समिती सदस्यहरुको धारणा छ। तर समितिकै अन्य सदस्य तथा स्थानीयहरुले भने खानेपानी समितिमा भ्रष्टाचारको गन्ध आएकोले बिना प्रक्रिया भएका निर्णयहरु तत्काल फिर्ता लिन भनेका छन् । प्रकृया अनुसार नगए समितिको कार्यालयमा तालाबन्दी गर्ने समेत चेतावनी दिएका छन् ।



ट्रेन्डिङ