एमसीसीका योजना नीति तथा कार्यक्रममा सरकारले राख्नु राष्ट्रहित विपरीत हो – भीम रावल

एमसीसीका योजना नीति तथा कार्यक्रममा सरकारले राख्नु राष्ट्रहित विपरीत हो –  भीम रावल

काठमाण्डौं ५ जेठ । नेकपाका नेता भीम रावलले अमेरिकी सहयोग नियोगसँग गरिएको एमसीसी सम्झौताका परियोजना सरकारले नीति तथा कार्यक्रममा राख्नु राष्ट्रहित र जनताको आवाज विपरीत हुने बताएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै उनले सरकारले पछाडिको ढोकाबाट एमसीसी घुसाउन खोजेको पनि आरोप लगाए ।

नीति तथा कार्यक्रममा एमसीसी स्पष्ट रूपमा उल्लेख नगरिए पनि त्यसमा राखिएका विद्युत ट्रान्समिसन लाइनका योजना नीति तथा कार्यक्रममा राखिएका छन् । त्यसलाई सांसद रावलले ‘एमसीसी पछाडिको ढोकाबाट आउन खोजेजस्तो लागेको’ भन्दै शंका गरेका हुन् ।

एमसीसीबारे नेकपाभित्र विरोध गर्दै आएका रावलले भने, ‘एमसीसीसँग सम्बन्धित जुन कुरा यहाँ परेको छ । त्यो भयो भने नेपाली जनताले उठाउँदै आएको आवाज विपरीत हुने छ । राष्ट्रहित विपरीत हुनेछ । स्वाधीनता र स्वतन्त्र देशको हैसियतमा पैसामा साट्न सकिँदैन,’ उनले भने ।



ट्रेन्डिङ