नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि /यो सँगै नेपालमा कुल संक्रमितको संख्या ३ सय ४ पुग्यो

नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि /यो सँगै नेपालमा कुल संक्रमितको संख्या ३ सय ४ पुग्यो

काठमाण्डौं ५ जेठ । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा आज बिहान थप ९ जनामा संक्रमण पुष्टि भएको हो । आज पुष्टि भएकाहरूमा रौतहटको इशनाथ नगरपालि-२, ३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष रहेका छन् । त्यस्तै, रौतहटकै माधवनारायाण नगरपालिका- ३ का २८ वर्षीया महिला र बारा करैयामाई गाउँपालिका-५ निवासी ३८ वर्षीय पुरुष रहेका छन् ।

आज संक्रमण पुष्टि भएका सबैको अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए ।यो सँगै नेपालमा कुल संक्रमितको संख्या ३ सय ४ पुगेको छ । जसमध्ये ३६ जना उपचारपछि घर फर्किँदा २ जनाको भने ज्यान गएको छ । ज्यान गुमाउनेमा सिन्धुपाल्चोककी सुत्केरी महिला र बाँकेका २५ वर्षीय युवक रहेका छन् ।



ट्रेन्डिङ