खुट्टामा डोरीले बाँधेर राखिएको बालिकाको स्वास्थ्य उपचारको विषयमा चिकित्सकहरुको चासो

खुट्टामा डोरीले बाँधेर राखिएको बालिकाको स्वास्थ्य उपचारको विषयमा चिकित्सकहरुको चासो

सन्तकुमार चौधरी – पिविएम न्यूज । 

चितवन (कालिका ) ४ जेठ । जन्मिएदेखि नै मानसिक सन्तुलन गुमाएकी बालिकाको स्वास्थ्य उपचारको विषयमा चिकित्सकहरुले चासो देखाएका छन् । चितवनको कालिका नगरपालिकाको वडा नं. ३ पदमपुरकी १२ वर्षिया बालिका विगत ५ वर्षदेखि डोरीले बाँधेर बसेकी छिन् । मानसिक सन्तुलन नभएका कारण परिवारले खुट्टामा डोरीले बाँधेर रेखदेख गर्दै आएको समाचार सार्वजनिक भएपछि स्थानीय प्रकाश क्लिनिकले उनको उपचारको विषयमा चासो देखाएको हो ।

प्रकाश क्लिनिकका संचालक प्रकाश रिजालकै समन्वयनमा भरतपुृर मेडिकल कलेजका न्यूरोसर्जन डा. सोमराज लामिछाने र पूर्वी चितवनका चर्चीत युवा जनरल फिजिसियन डा. सन्तोष शर्मा भुषालले बालिकाको घरमै पुगेर स्वास्थ्य अवस्था बारे जानकारी लिएका हुन ।  चिकित्सकहरुले बालिकाका अभिभावक बासुदेव रेग्मी र उनकी धर्मपत्नीसँग बालिकाको अवस्था र उनको समस्याको विषयमा जानकारी लिएका थिए । बालिकाको उमेर बढ्दै गएअनुसार हाल प्रयोग गर्दै आएको औषधीको डोजले काम नगर्ने भएकाले औषधी नै परिवर्तन गर्न सुझाव दिए ।

डा. सोमराज लामिछानेले ब्रेनमा समस्या हुन सक्ने भएकाले सिटीस्क्यान गरेर हेनुपर्ने बताए । उनले आफु कार्यरत्त भरतपुर मेडिकल कलेज ( पुरानो मेडिकल कलेज )मा निशुल्क सिटीस्क्यान देखि अन्य आवश्यक स्वास्थ्य उपचारका लागि पहल गर्ने प्रतिवद्धता जनाए । – ‘अहिले नै ठोकुवा गर्न सक्ने अवस्था छैन तर पनि स्वास्थ्य उपचारका लागि हामीले सक्ने प्रयास गछौं ’ डा. लामिछानेले भने ।  यता बालिकाको नियमित जाँचमा आफुले सघाउने डा. सन्तोष शर्मा भुषालले प्रतिवद्धता जनाए । आफ्नो क्षमता र विवेकले भ्याए सम्म बालिकाको स्वास्थ्य उपचारमा सक्रिय भएर लाग्ने उनले बताए । बालिकाको सिटिस्क्यान गर्नका लागि डा. सोमराजको समन्वयमा भरतपुर मेडिकल कलेज पठाउने डा. भुषालले जानकारी दिए ।

 


यता बालिकाको उपचारसँगै थप इन्भेस्टिकेशन गर्न आवश्यक परमो आफुहरुले सघाउने प्रकाश क्लिनिकका संचालक प्रकाश रिजालले बताए । उनले बालिकालाई भरतपुर मेडिकल कलेज सम्म ल्याउने लैजाने काममा आफुले सहयोग गर्ने बताए । बालिकाले सेवन गर्ने औषधीको व्यवस्थापन समेत आफ्नै मेडिकलले गर्ने बताए ।  बालिकाको स्वास्थ्य अवस्था बुझ्न चिकित्सकहरुको टोली घरमै पुगेको देख्दा अभिभावकहरुमा झिनो आशा पलाएको छ । आर्थिक अभावका कारण छोरीको उपचार गराउन सकेका छैनन् । बासुदेव रेग्मीको एकछोरा सहित ३ सन्तान मध्ये यिनी जेठिछोरी हुन । यिनी जन्मिने बेला आमाको अत्याधिक रक्तश्राव भएको थियो । जन्मिएदेखि नै अत्याधिक ज्वरो आउने समस्याले सताउन थाल्यो । पोखरामा जन्मिएकी यिनलाई पोखराका सबै जसो अस्पतालमा उपचारका लागि पुर्याइएको थियो । पोखरामा ठिक नभएपछि काठमाण्डौंको कान्ति हस्पिटलमा लगे ।

कान्ति हस्पिटलले पनि न्यूरो हस्पिटल जान सुझाव दियो । बालिकालाई बोकेर न्यूरो हस्पिटल पुगें । सिटीस्क्यानदेखि एमआरआई गर्नुपर्ने र अत्याधिक महगों खर्च लाग्ने भएपछि न्यूरोमा उपचार नगराई टिचिङ हस्पिटलमा लगे । त्यहाँ सिटीस्क्यान भयो तर पैसाको अभावले एमआरआई गर्न सकिएन उनका बुबा बासुदेवले भने । सिटीस्क्यानमा मेनिजाईटिस भएको देखियो । बालिका अहिले १२ वर्षकी भइन । मुखबाट फिँज आउने, आँखा पल्टाउने क्रम जारी छ । तीनवर्ष अघि सम्म ममी बाबा सम्म भन्ने गर्थीन् । अहिले शरीरको एकापट्टीको भाग चल्दैन । शरीरको नचल्ने भाग अब त सुक्न सुक्न थालेको छ उनका बुबाले सुनाए । अहिलेपनि औषधी सेवन गरिरहेकी छिन् ।

नगरपालिकाको वडा नं. ३ स्थित आर्दश समाज टोलमा २०७२ सालदेखि यिनीहरु बस्दै आएका छन् । मानसिक सन्तुलन ठिक नभएका कारण उनलाई बाँधेर नै राख्ने गरिएको छ । उनी घिस्रिदै हिड्छे । हिड्दा हिड्दै लड्छे, लडेपछि उठ्न सक्दिन । कहिले घिस्रिदै रोडमा पुग्छे । आफु कहाँ छु, को आफन्त हुन समेत उनलाई हेक्का हुँदैन । जहाँ मनलाग्यो त्यतै गइदिन्छे । उनलाई बाटोमा पुग्ने डरले बाँधेर राख्ने गरिएको हो । यसरी बाँधेर राखिएको पाँचवर्ष भन्दाबढी भयो । छोरीको उपचार गर्दागर्दै रेग्मी परिवार हार माने । आर्थिक अभावले छोरीको उपचार र उनलाई व्यवस्थापन गर्न नसक्दाको पीडा वासुदेवको परिवारमा छ । छोरीको स्वास्थ्य अवस्था बारे जानकारी लिन चिकित्सकको टोली घरमा पुगेको देख्दा उनीहरुमा थप आशा पलाएको छ ।

 

 



ट्रेन्डिङ