ब्रम्हचुलीमाई संरक्षणमा जुटे नामजुंगका युवा , बन्दाबन्दीले जुटायो सबैलाई

ब्रम्हचुलीमाई संरक्षणमा जुटे नामजुंगका युवा , बन्दाबन्दीले जुटायो सबैलाई

सन्तोष लामिछाने- 
गोरखा ४ जेठ । बन्दाबन्दीको बेला गाउँ फर्किएका गोरखा शहीद लखन गाउपालिका वडा नं ९ नामजुङका युवाहरु गाउँको पर्यटकिय गन्तव्य प्रर्वद्धन र संरक्षणमा जुटेकाछन् । ऐतिहासिक पुरातात्विक महत्व बोकेर पनि ओझेलमा बर्चुलीमाई मन्दिरको प्रर्वद्धन र संरक्षणमा जुटेकाहुन् । लामो समय गाउँघरबाट टाढा रहेका युवाहरु गाउँ फर्किदा गाउँको इतिहास दर्शाउने मन्दिर नै ओझेलमा परेको देखेपछि संरक्षणका लागि कम्मर कसेकाहुन् ।

 


पछिल्लो समय मन्दिर एक भग्नावशेस जस्तो मात्र देखिन थालेको भन्दै युवाहरु चिन्तत छन् । युवाहरुले ९ सदस्य रहनेगरी समिती बनाएर संरक्षण र प्रर्वद्धनको काम अघि बढाएको संयोजक दिपक ढकालले बताए ।‘ हामी सानै हुँदा देखि यो मन्दिर संरक्षणका कुरा सुनिन्थ्यो तर ठोस काम भएकै थिएनन् ,’ढकालले भने ,‘हाम्रो इतिहास,हाम्रो पहिचान नै नामेट हुने गरी ओझेलमा परेपछि युवाहरु जुट्नैपर्छ भन्ने लाग्यो । जंगलले घेरिएर रहेको मन्दिर लागुऔषध प्रयोगगर्ने थलो बन्न थालेको छ । नजिकका वस्तीका स्थानीयले शौचालयकै रुपमा जंगल प्रयोग गर्न छोडेकाछैनन् ।

बन्दाबन्दीको बेला एकै ठाउँमा जम्मा भएका युवाले यो फूर्सदलाई अवसरका रुपमा लिएकाछन् । मन्दिरको सरसफाई, गोलघर निर्माण, अन्य भौतिक निर्माणका काम गरिएकाछन् । ‘हामीले समुहमा मिलेर सरसफाई तथा भौतीक निर्माण गर्ने काम गरेका छौं,र स्थानिय बाशिन्दाको बिभिन्न खाले सहयोगले नै यो सम्भब भयको हो । समिती समस्य ध्रुव विकले भने । “अझ धेरै योजनाहरु छन तर आर्थिक अभाव छ, हामी सहयोग लिने पक्षमा छौं “। अर्का सदस्य शिवराज क्षेत्री’ समितीले बर्चुलीमाइ को प्रवद्र्धन र संरक्षणका लागि स्थानिय निकाय र जनप्रतिनिधिको ध्यानाकर्षण गराएको छ । ऐतिहासिक धार्मिक पर्यटकिय सम्भावना बोकेको मन्दिरलाई प्रवद्र्धन गर्न सके देशभरबाट पर्यटक बढाउन सकिने युवाहरु बताउँछन् ।


प्राकृतिक सुन्दरताले भरीपूर्ण भएर पनि सचेतता नहुँदा पर्यटकिय गतिविधि फस्टाउन नसकेको भन्दै प्रचार प्रसारमा पनि ध्यान दिनुपर्ने अर्का सदस्य दीपक लामिछानेले बताए ।सधै जसो चाडवाडमा मात्र गाऊँमा जम्मा हुने युवाहरु यो बन्दाबन्दीको कारण सबै गाऊमा छन् । र फुर्सदमा तास खेल्ने रक्सी खाने केटाहरु नै यसरी संरक्षणा लाग्दा निकै खुसी लागेको बताउछन् स्थानिय मुक्तीप्रसाद लामिछाने । वास्तबमै गरे के हुन्न यहॉको युवाहरुको काम साच्चै नै प्रशसनिय छ । “अब गाऊको बिकासमा सबैले सोच्ने बेला आयको छ । देश बिदेशबाट लागी पर्यौ भने अझ धेरै काम गर्न सकिन्छ्।”



ट्रेन्डिङ