इजरायलमा चिनियाँ राजदूत घरभित्र मृत फेला परे

इजरायलमा चिनियाँ राजदूत घरभित्र मृत फेला परे

ऐजेन्सी / इजरायलमा चीनका राजदूत मृत फेला परेका छन् । बीबीसीका अनुसार इजरायलका लागि चिनियाँ राजदूत ५८ वर्षीय डु वेई तेलअभिवस्थित घरभित्र ओछ्यानमा मृत फेला परेका हुन् । इजरायली अधिकारीले राजदूतकाे मृत्यु भने पुष्टि गरिसकेका छन् ।  उनकाे मृत्युकाे कारण अहिलेसम्म थाहा हुन नसकेकाे बताइएकाे छ । यही फेब्रुअरीमा उनी इजरायलका लागि चिनियाँ राजदूत नियुक्त भएका थिए । यसअघि उनी युक्रेनमा चीनका राजदूत थिए ।

उनका एक छाेरा छन् । यद्यपि, उनकाे परिवार इजरालयमा नरहेकाे बताइएकाे छ । उनी तेलअभिवकाे उपनगरीय क्षेत्र हर्जलियामा बस्थे ।



ट्रेन्डिङ