चितवनबाट होइन संक्रमित मुम्बईबाट आएका थिए

चितवनबाट होइन संक्रमित मुम्बईबाट आएका थिए

चितवन ४ जेठ । धनुषाका २ जना व्यक्तिले झुटो विवरण दिँदा कन्ट्याक्ट ट्रेसिङमा समस्या देखिएको छ । उनीहरु दुवैमा संक्रमण देखिएको छ । ती २ जना संक्रमितले सुरुमा आफूहरू चितवनबाट आएको बताए पनि जनकपुरस्थित कोभिड विशेष अस्पतालमा आउँदा उनीहरूले आफूहरू मुम्बईबाट आएको स्वीकार गरेका छन् ।

धनुषाको नगराइन नगरपालिका– ५ स्थित प्रादेशिक क्वारेन्टाइनमा रहेका दुवै संक्रमितले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेतलाई आफूहरू ९ वैशाखमा चितवनबाट आएको भन्दै झुटो विवरण दिँदै आएका थिए ।  संक्रमित दुवै धनुषाको नगराइन नगरपालिका–९ स्थित घोडघासका हुन् । दुवै संक्रमित ओभरसियर पढ्ने विद्यार्थी हुन् । उनीहरूले चितवनबाट साइकल चढेर धनुषा आएको भनी झुटो विवरण दिएका थिए । उनीहरुको बारेमा बुझ्ने क्रम जारी छ ।
मुम्बईवाट आएको भनियो भने समाजले बहिस्कार गर्ने डरले आफुहरु चितवनवाट आएको भनेर प्रतिकृया दिएका थिए ।



ट्रेन्डिङ