सेनाले खरिद गरेको स्वास्थ्य सामग्री लिन वाइडवडी विमान भोलि चीन जाने

सेनाले खरिद गरेको स्वास्थ्य सामग्री लिन वाइडवडी विमान भोलि चीन जाने

काठमाडौं ४ जेठ । नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइडवडी विमान भोलि सोमबार चीन जाने भएको छ । पहिलो लटको सामग्रीको भन्सार प्रक्रिया पुरा भएर ग्वान्झाओमा तयार भएपछि सोमबार साँझ वाइडबडी जान लागेको हो ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले अनलाइनखबरसँग भने, ‘भोलि बेलुकी जाने विमानले पर्सि १८ टन स्वास्थ्य सामग्री ल्याउनेछ ।’ उनकाअनुसार पीसीआर परीक्षणका लागि चाहिने किट, पर्सनसल प्रोटेक्टिभ इक्युपमेन्ट ९पीपीई०, एन९५ मास्क, ग्लोब्स लगायतका सामाग्री यो लटमा आउने छ ।

ओम्नी विजनेश कर्पोरेसन इन्टरनेशनलसँग भएको सम्झौता विवादित बनेपछि सरकारले त्यसलाई रद्द गर्दै स्वास्थ्य सामग्री खरिदको जिम्मा पाएको सेनालाई दिएको थियो । तर सेनाले पनि लामो समय स्वास्थ्य सामाग्री ल्याउन सकेन । जंगीअड्डाले पहिलो चरणमा हवाई मार्गबाट मे ५ तारिखमा ३७ टन स्वास्थ्य सामग्री ल्याउने बताएपनि आएन । भन्सारको प्रक्रिया र चीनमा सरकारी विदाको कारण समयमा सामान ल्याउन नससकेको उसको दाबी थियो ।



ट्रेन्डिङ