प्रतिनिधि सभाको बैठकमा लक्ष्मणलाल कर्णले सोधे – लाल आयोगको प्रतिवेदन खोइ ? संविधान संशोधन किन भएन ?

प्रतिनिधि सभाको बैठकमा लक्ष्मणलाल कर्णले सोधे – लाल आयोगको प्रतिवेदन खोइ ? संविधान संशोधन किन भएन ?

चितवन ४ जेठ ।  प्रतिनिधि सभा सदस्य लक्ष्मणलाल कर्णले संविधान संशोधनको प्रस्तावलाई सरकारले आलटाल गरेर टार्न खोजेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता कर्णले मधेसी, जनजाति, थारुहरुको आन्दोलनकोलाई संवोधन गर्ने भनिएको भएपनि सरकार नै यो विषयमा गरिम्भ नदेखिएको गुनासो गरे ।

संविधान संशोधन गर्ने भनिएको भएपनि संशोधनको प्रस्तावमाथी छलफल गराउने प्रयास नभएको उनको तर्क छ । राष्ट्रिय जनता पार्टीका नेता समेत रहेका कर्णले संविधान संशोधनका लागि भएको आन्दोलनमा सयभन्दाबढी मरेको र हजारौं घाइते भएपनि यो विषयलाई संवोधन गर्नुको साटो किनारा लगाउने प्रयास भइरहेको आरोप लगाए । अहिले सम्म किन संविधान संशोधनको प्रयास भएन उनले प्रश्न गरें । बैठकमा बोल्दै नेता कर्णले लाल आयोगको प्रतिवेदन समेत लुकाउने काम भएको आरोप लगाए । लाल आयोगको प्रतिवेदन प्रकाशन नहुने भए कमसे कम भन्दिनु पथ्र्यो यो प्रकाशन हुँदैन भने व्यंग्यात्मक शैलीमा नेता कर्णले भने – कम्से कम लाल आयोगको प्रतिवेदन पुस्तिकामा प्रकाशन त गर्दिनुपथ्र्यो नि त्यो पनि भएन ।

नेता कर्णले अहिलेको सरकारको राष्ट्रियता नारामा मात्रै मिसित भएको बताए ।नारामा मात्रै राष्ट्रियता देखाएर हुँदैन उनले भने – तारवार गर्छु भनेर भाषण गरेर मात्रै हुँदैन । नेता कर्णले प्रधानमन्त्री ओलीको कामलाई खोक्रो राष्ट्रियता भएको टिप्पणी गरे । भ्रष्टचार गर्दिन, भ्रष्टचार हुनपनि दिन्न भनेर सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरको विषयलाई नेता कर्णले आधार विहीन नारा भएको उल्लेख गरे ।

प्रधानमन्त्री आफैले भ्रष्टचार छ कि छैन भन्न पर्यो, अहिले सम्म भ्रष्टचार रोक्न आफुले के के गर्नुभयो, के के योजना छ त्यो उल्लेख हुनुपथ्र्यो नेता कर्णल भने । नेता कर्णले सबैभन्दा पछाडी परेका कर्णाली सहित २ वटा प्रदेशका लागि विशेष आर्थिक प्याकेज दिने कार्यक्रमलाई पुन स्मरण गराएका छन् । पटक पटक यो विषयमा कुरा गर्दै गएपनि अहिले सम्म यसले सार्थकता नपाएको उनको भनाई थियो ।



ट्रेन्डिङ