सरकारी नीति तथा कार्यक्रमले जनतामा आशा जोगाउन नसकेको काँग्रेस सभापति देउवाको भनाई

सरकारी नीति तथा कार्यक्रमले जनतामा आशा जोगाउन नसकेको काँग्रेस सभापति देउवाको भनाई

काठमाण्डौं ४ जेठ । प्रतिधिसभाका प्रमुख प्रतिपक्षी दल नेता शेरबहादुर देउवाले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले जनतामा आशा जोगाउन असफल भएको दावी गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै काँग्रेस सभापति देउवाले नीति तथा कार्यक्रममा जनताको हितमा नभएको टिप्पणी गरे । जनताहरु निरास भएका छन उनले भने जनताको आशा जगाउने खालको सरकारको नीति तथा कार्यक्रम हुनुपर्छ ।

सरकारलाई कोभिड १९ ले हुनसक्ने क्षतिबारे कुनै ज्ञान नै नभएको उनले बताए । सरकारसँग जनताको पीडा बुझ्ने हृदय नभएको र जनताको दुखप्रति कुनै संवेदना नभएको आरोप लगाए । कोरोना भाइरसको महामारीको समयमा आएको सरकारको नीति तथा कार्यक्रम बरालिएर बहुवर्षीय योजनाको कोरा कल्पनामा अल्झिएको देउवाको भनाई छ । नेपालमा कोरोना संक्रमण देखिएको ४ महिना र लकडाउन गरेको ५५ दिन भइसक्दा पनि जम्मा २६ हजारको मात्र पीसीआर परीक्षण हुनु दुखद रहेको देउवाले बताए ।

विदेशमा लाखौं नेपाली कोरोना संक्रमणको जोखिममा रहेका र भारतको सीमावर्ती क्षेत्रमा धेरै अलपत्र रहेको भन्दै देउवाले उनीहरुलाई सुरक्षित तरिकाले घर फर्किने वातावरण बनाउन माग गरे । उनले पर्याप्त स्वास्थ्य सामग्री उपलब्ध गराउन र समुदायस्तरमा पीसीआर परीक्षण ब्यापक बनाउन सरकारलाई आग्रह गरे । नीति तथा कार्यक्रममा सरकार आत्मप्रशंसामा नै रमाएको भन्दै देउवाल प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसअघिका दुई वर्षको आफ्नै नीति तथा कार्यक्रम पढ्न सुझाव दिए ।



ट्रेन्डिङ