कोभिड १९- का कारण मृत्यु शव व्यवस्थापन कसरी गर्ने ?

कोभिड १९- का कारण मृत्यु शव व्यवस्थापन कसरी गर्ने ?

काठमाण्डौं ३ जेठ । कोरोना भाइरस (कोभिड १९) का कारण मृत्यु शव व्यवस्थापन कसरी गर्ने भन्ने चुनौति छ । एक व्यक्तिबाट आर्को व्यक्तिमा सर्ने भएकाले शव व्यवस्थापनमा चुनौति देखिएको हो ।

कसरी गर्ने शव व्यवस्थापन ?

सरकारले शव व्यवस्थापन संक्षिप्त कार्याविधि बनाएको छ । अन्तिम संस्कार गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा नसरोस भनेर सरकारले कार्याविधि बनाएको हो ।

  • शव लिन जानुपूर्व चालकले पीपीई लगाउने
  • आफन्तलाई सुरक्षित राख्ने
  • जथाभावी सदगत नगर्ने
  • घाटमा लैजादा सहभागी सबैले पीपीई लगाउने
  • शवलाई कम चलाउने
  • साधरण शववाहनको प्रयोग गर्ने
  • शवलाई डिस्इन्फेक्ट गर्नु पर्दैन
  • शवलाई छिटो अन्तिम संस्कार गर्ने
  • ६० वर्ष माथिको व्यक्ति र दीर्घ रोगी भएमा शवको नजिक जानबाट  रोक्ने
  • सदगत गर्नु अगाडि आफ्नो परम्पार अनुसार नछोइकन जल छर्कने, पाठ गर्ने, फूल चढाउने
  • आफन्तले शव हेर्न चाहेमा एक मिटर टाढा बसेर पालै पालैपालो हेर्ने
  • कोभिड लागेमा पोस्टमर्टम गर्नुपर्दैन
  • फोक्सोमा तथा अन्य अंगमा जिवाणु रहने भएकाले पीपीइ लगाएर होसियार भएर भेन्टीलेलेसन भएको कोठामा गर्ने
    पोस्टमार्टम सकेपछि सबै सफा गर्ने

 



ट्रेन्डिङ