मृतक महिलाको विद्युतिय शवदाह गृहमा अन्त्येष्टी गर्ने तयारी

मृतक महिलाको विद्युतिय शवदाह गृहमा अन्त्येष्टी गर्ने तयारी

काभ्रे ३ जेठ । धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी ९ दिनकी सुत्केरीको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्तेष्टी गर्ने तयारी भइरहेको छ ।  डा. गुणराज लोहनीको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोली र शववहान धुलिखेल अस्पताल परिसरमा छ ।

जेठ १ गते बिहीबार राति स्वासप्रस्वासमा समस्या भएपछि धुलिखेल अस्पताल ल्याइएकी सिन्धुपाल्चोकको बाह्रबिसे–९ स्थित चालिसे गाउँकी २९ वर्षीया ती महिलाको उपचारको क्रममा मृत्यु भएको थियो ।  कोरोना संक्रमणको आशंकामा गरिएको उनको धुलिखेल अस्पतालमा गरिएको आरडीटी र पीसीआर परीक्षण दुवैको नतिजा पोजेटिभ आएको थियो ।

अस्पतालले शंका लागेर फेरि परीक्षण गरेको र टेकुस्थित प्रयोगशालाको परीक्षणमा पनि पीसीआरको नतिजा पोजिटिभ आएको जिल्ला संकट व्यवस्थापन केन्द्रका एक सदस्यले जानकारी दिएका छन् । यसको औपचारिक पुष्टि भने गरिएको छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले परीक्षणहरु भइरहेको भन्दै विवरणहरु सार्वजनिक गरिने बताएका छन् ।



ट्रेन्डिङ