धुलिखेलमा मृत्यु भएकी महिलाको मृत्युको कारण बारे अध्ययन हुँदै /मृतक महिलाको उपचारमा संलग्न १० जनालाई क्वारेन्टाइनमा लगिँदै

धुलिखेलमा मृत्यु भएकी महिलाको मृत्युको कारण बारे अध्ययन हुँदै /मृतक महिलाको उपचारमा संलग्न १० जनालाई क्वारेन्टाइनमा लगिँदै

काठमाडौँ ३ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धुलिखेलमा मृत्यु भएकी सुत्केरी महिलाको मृत्युको कारण बारे अध्ययन सुरु गरेको छ । मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले कोरोनाकै कारण मृत्यु भएको हो या होइन बारे अध्ययन सुरु गरिएको जानकारी दिए ।  अध्ययनपछि उनको मृत्युबारे स्वास्थ्य मन्त्रालयले आधिकारीक रुपमा जानकारी गराईने समेत बताए । नियमित प्रेस ब्रिफिङ डा.देवकोटाले भने–‘अस्पतालमा उपचारको क्रममा २९ वर्षीया महिलाको मृत्यु भएको जानकारी आएको छ, थप अध्ययन सुरु गरेका छौं ।’

२३ वैशाखमा त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी गरेर उनी २५ गते घर फर्किएकी थिइन् । ज्वरो आउने र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पताल हुँदै धुलिखेल आइपुगेकी उनको बिहीबार निधन भएको हो । अस्पतालकै ल्याबमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ आएको छ ।

भएपछि अस्पतालमा उच्च सतर्कता अपनाइएको छ । मृत्युपछि धुलिखेल अस्पतालमै गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको बताइएको छ । अस्पताल उच्च स्रोतका अनुसार राति साढे ९ बजे इमर्जेन्सीमा ल्याउँदा उनको अवस्था निकै गम्भिर थियो । साथै स्वास फेर्न समेत निकै कठिन भइरहेको थियो ।

धुलिखेल अस्पतालले मृतक महिलाको उपचारमा संलग्न १० जनाको टोलीलाई क्वारेन्टाइनमा राख्ने तयारी गरेको छ । अस्पतालको ल्याबमा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि यो तयारी गरिएको अस्पताल उच्च स्रोतले बताएको छ ।

धुलिखेल अस्पतालको कोभिड(१९ टाक्स फोर्सको तीन बजे स्काईपमा भएको बैठकले उपचारमा संलग्न १० जनाको टोलीलाई क्वारेन्टाइनमा राख्ने र यसअघि नै आकस्मिक कक्षलाई सिल गरेकोमा त्यसलाई निरन्तरता दिने निर्णय गरेको स्रोतले जानकारी दिएको छ । महिलाको उपचारमा डा। अनमोल श्रेष्ठको टोली खटिएको थियो ।



ट्रेन्डिङ