कपिलवस्तुमा थप तीनजनामा कोरोना संक्रमण भएको पृष्टी , नेपालमा २७६ जना पुग्यो

कपिलवस्तुमा थप तीनजनामा कोरोना संक्रमण भएको पृष्टी , नेपालमा २७६ जना पुग्यो

कपिलबस्तु ३ जेठ । नेपालमा फेरि कोरानो भाइरस (कोभिड १९) का ३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो रिपोर्टमा कपिलवस्तुका थप ३ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा संक्रमितको संख्या २७६ पुगेको छ ।

शनिबार संक्रमण पुष्टि भएकाहरुमा बर्दिया, नार्खु निवासी २८ वर्षीया महिला, सिरहा सखुवा(१९ निवासी ३० वर्षीय पुरुष, पर्सा वीरगन्‍ज(१२ निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगर(४ निवासी १८ वर्षीया महिला र चितवन गढौली(१ निवासी २५ वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।

संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिएका छन् । सिरहामा भने पहिलो पटक संक्रमित भेटिएको हो । योसँगै तराईका २१ मध्ये १९ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । तराईका मोरङ र सुनसरीमा मात्रै अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन ।

हालसम्म पर्सामा ९१, कपिलवस्तुमा ३९, बाँकेमा ३३, उदयपुरमा ३३, रुपन्देहीमा २८, काठमाडौंमा ९, कैलालीमा ४, रौतहट, बारा, धनुषा, दाङ र सर्लाही मा ३र३ तथा बागलुङ, झापा, महोत्तरी, भक्तपुर र बर्दियामा २र२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, कञ्चनपुर र नवलपरासी पश्‍चिम, नवलपरासी पूर्व, मकवानपुर र सप्तरी र सिरहामा एकरएक जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भएका छन् ।



ट्रेन्डिङ