चितवन सम्म पेट्रोलियम पाईप बिस्ता गर्ने सरकारको नीति तथा कार्यक्रम

चितवन सम्म पेट्रोलियम पाईप बिस्ता गर्ने सरकारको नीति तथा कार्यक्रम

चितवन २ जेठ । बाराको अमलेखगन्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने भएको छ । संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बाराको अमलेखगञ्जदेखि चितवनको लोथर सम्म पेट्रोलियम पाईपलाईन विस्तार गरिने जानकारी दिइन ।

भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म सफलता पूर्वक पेट्रोलियम पाइपलाइन ल्याइएको जानकारी दिँदै राष्ट्रपति भण्डारुीले यसलाई थप विस्तार गर्ने योजना सुनाईन ।  यस्तै आगामी बजेटले भारतको सिलिगुडीबाट झापाको चार आलीसम्म पेट्रोलियम पाइपलाइनको अध्ययन गरी निर्माण सुरु गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।चितवन, झापा र सर्लाहीमा पेट्रोलियम पदार्थ भण्डारण गृहको निर्माण प्रारम्भ गरिने नीति कार्यक्रममा भनिएको छ ।



ट्रेन्डिङ