भरतपुर अस्पताललाई पाँचसय शैयाको विशेषज्ञ सहितको अस्पताल बनाउने सरकारको घोषणा

भरतपुर अस्पताललाई पाँचसय शैयाको विशेषज्ञ सहितको अस्पताल बनाउने सरकारको घोषणा

चितवन २, जेठ । चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई पाँचसय शैयाको विशेषज्ञ सहितको अस्पताल बनाउने सरकारले घोषणा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भरतपुर अस्पताललाई पाँचसय शैयाको विशेषज्ञ सहितको अस्पताल बनाउने घोषणा गरिन ।

भरतपुर अस्पतालको स्तरोन्नती गर्ने काम भइरहेको जानकारी दिँदै राष्ट्रपति भण्डारीले भरतपुर अस्पताल संघीय सरकारकै मातहतमा रहने बताइन । भरतपुर अस्पतालमा अहिले तीनसय शैयाको स्वीकृति पाएको छ । तर दरबन्दीको अभावका कारण डेढसय शैयामा संचालन गर्न बाध्य छ । अस्पतालमा पुरानै दरबन्दी भएकाले पूर्ण क्षमतामा संचालनमा ल्याउनका लागि सरकारले अस्पतालको क्षमता बृद्धिसँगै आवश्यक जनशक्ति, भौतिक संरचना सँगै प्राविधिक सामग्री थप्न सके यो अस्पताल देशकै गर्व गर्नलायक अस्पताल बन्ने छ ।



ट्रेन्डिङ