नेपालमा भोकै कोहीपनि मर्न नपर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको भनाई

नेपालमा भोकै कोहीपनि मर्न नपर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको भनाई

काठमाण्डौं २ जेठ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा भोकै कोहीपनि मन नपर्ने बताएकी छिन् । सरकारले भोकैमर्न नपर्ने गरी नयाँ योजनाहरु ल्याउने बताइन । खानै नपाएर भाकै मर्ने दिने कहिलै आउन नदिनेगरी सरकार लागि बताउँदै उनले यो सरकारको प्रतिवद्धता नै हो भनिन् । समुदाय स्तरको समुहलाई व्यवस्थापन गरी रोजगारी सृजना र उत्पादन मुलक कार्यमा प्राथमिकता दिने उनले जोड दिइन । वर्तमान सरकारले नीतिगत र प्रकृयागत उत्पादनशिल परियोजनामा थप विदेशी लगानी आकर्षत गरिन बताइन । यसैबीच राष्ट्रपति भण्डारीले कोरोना भाइरसका कारण नेपालमा कसैपनि ज्यान जाने अवस्था आउन नदिने बताएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोभिड १९ बाट ज्यान जाने अवस्था आउन नदिन सरकार दृढतापूर्वक लागेको बताइन् । उनले कोभिड १९ बाट देशलाई मुक्त बनाउनु सरकारको पहिलो प्राथमिकता भएको पनि बताइन् ।

त्यसका लागि सरकारले कोरोना संक्रमणको परीक्षण ब्यापक बनाउने, औषधि उपकरण र चिकित्सक लगायत स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था र परिचालन गर्ने राष्ट्रपति भण्डारीले बताइन् ।सरकारले महामारीले मुलुकको सामाजिक, आर्थिक अवस्थामा परेको प्रभावको अध्ययन गरिरहेको भन्दै उनले यसै आधारमा राज्य प्रंणालीको प्रभावकारिता थप वृद्धि गर्दै जाने बताइन् । त्यस्तै आन्तरिक आवागमन र आपूर्ति व्यवस्था सहज बनाउने, विकास निर्माणलाई तिब्रता दिने कार्यक्रम कार्यान्वयन गर्ने राष्ट्रपति भण्डारीले बताइन् ।



ट्रेन्डिङ