नेकपा सचिवालय बैठक सकियो : के भयो निर्णय ?

नेकपा सचिवालय बैठक सकियो : के भयो निर्णय ?

काठमाडौं २ जेठ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठक सकिएको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा विभिन्न विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ुप्रकाशुले जानकारी दिए ।

आजको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डुको संयुक्त अध्यक्षतामा बसेको थियो । प्रवक्ता श्रेष्ठका अनुसार सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले बैठकमा सुझाव माग गरेको र आफूहरुले सुझाव दिएको पार्टी प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

स्थगित भएको स्थायी कमिटी बैठकका विषयमा छलफल भए पनि अर्को मिति तय नभएको श्रेष्ठले बताए । नेकपा सचिवालय बैठकको महत्वपूर्ण सीमा विवाद समाधान, कोरोनापछिको अर्थतन्त्र लगायतका विषयमा महत्वपूर्ण छलफल भएको नेकपा वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।



ट्रेन्डिङ