गृहको विशेष पाएका पूर्व राजा ज्ञानेन्द्र काठमाण्डौंका लागि हिडे

गृहको विशेष पाएका पूर्व राजा ज्ञानेन्द्र काठमाण्डौंका लागि हिडे

विराटनगर २ जेठ । कोरोनाको संक्रमण बढ्दै गएपछि सवारी साधनलाई दिँदै आएको पास रोक्न गृहमन्त्रालयले प्रत्येक जिल्ला प्रशासनलाई पत्रचार गर्यो । काठमाण्डौं आफै पनि सचेत बन्दै काठमाण्डौं प्रवेश गर्नमा कडाई गर्न थाल्यो । यसैको चपेटामा पूर्व राजा ज्ञानेन्द्र शाहा पनि परे । झापामा रहेका पूर्व राजा काठमाण्डौं जानुपर्ने थियो । तर जिल्ला प्रशासनले पास दिन मानेन । यो समाचार निकै भाइरल भयो हिजो । पछि गृहले नै पूर्व राजालाई विशेष पास दियो ।

गृहमन्त्रालयले पास उपलब्ध गराएपछि पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं हिँडेका छन्।  शाहका प्रेस सल्लाहकार फणी पाठकले पूर्वराजा शाह झापाबाट काठमाडौंको लागि प्रस्थान गरेको बताए। ुपास बनेपछि अहिले विहान उहाँको सवारी छुटेको छु, उनले भने।

बिहीबार सवारी पास रद्ध भएपछि काठमाडौं आउने तयारीमा रहेका उनी उतै अड्केका थिए। लकडाउन अगाडिबाट शाह झापाको दमकमा उनकै स्वामित्वमा रहेको चिया बगान हिमालगुडरिकमा बस्दै आएका थिए। बिहीबार उकका प्रतिनिधिले जिल्ला प्रशासन कार्यालय झापाबाट काठमाडौं जाने पास बनाए पनि गृहको निर्णयपछि रद्ध भएको थियो। सवारी पास बनाएर पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं हिडिसकेको प्रदेश १ का डीआईजी ईश्वरवावुकार्कीले बताए।

पूर्वराजा ज्ञानेन्द्र शाह झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानस्थित निवासबाट आज बिहान सवारी साधन पास लिएर काठमाडौं फिर्ता भएका प्रजिअ रानाले बताए ।  कोभिड –१९ को रोकथामका लागि सरकारले चैत ११ गते बन्दाबन्दी लागू गर्नुअघिदेखि उनी झापामा बस्दै आएका थिए ।



ट्रेन्डिङ