पार्टी भित्रको विवाद सुल्झ्याउन नेकपाको सचिवालय बैठक सुरु / सरकारले आज प्रस्तुत गर्न लागिएको नीति तथा कार्यक्रमको विषयमा पनि छलफल हुने

पार्टी भित्रको विवाद सुल्झ्याउन नेकपाको सचिवालय बैठक सुरु / सरकारले आज प्रस्तुत गर्न लागिएको नीति तथा कार्यक्रमको विषयमा पनि छलफल हुने

काठमाडौं २ जेठ । पार्टीभित्रको विवाद अन्त्यका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पर्टी ( नेकपा ) प्रयासरत्त छ । तर अझै टुगो लाग्न सकेको छैन । गुट उपगुटको हावि हुँदै गएको पार्टीमा शिर्षनेताहरु बीच नै तालमेल मिल्न सकेको छैन । केपी ओली पक्षकाले एकतर्फी पेलेरै अगाडी बढ्ने दाउपेचमा छ भने प्रचण्ड केपीलाई सरकारको नेतृत्वबाट हटाउने प्रयासमा छन् ।

यी दुई नेताहरुबीचको लडाइमा माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम देखिएका पात्रमात्रै हुन । पार्टी भित्रको आन्तरिक विवादका बीच केपी ओली नेतृत्वको सरकारले आजै आगामी आर्थिक वर्षको नीति तथा प्रस्तुत गर्दैछ । यसको पूर्व सन्ध्यामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा सरकारले शुक्रबार संसदमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल हुँदैछ । त्यस्तै वैशाख ३१ गते बोलाएर स्थगित भएको स्थायी कमिटी बैठकका विषयमा पनि छलफल हुनेछ । यसअघि वैशाख २५ गते बोलाइएको स्थायी कमिटी बैठक पनि वैशाख २४ गते स्थगित गरिएको थियो ।



ट्रेन्डिङ