प्रशासन कार्यालयहरुबाट जारी भएका सबै पास खारेज

प्रशासन कार्यालयहरुबाट जारी भएका सबै पास खारेज

काठमाडौँ — ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुबाट जारी भएका सबै पास गृह मन्त्रालयले खारेज गरेको छ । जेठ ३ गतेदेखि लागू हुने गरी सम्बन्धीत जिल्ला भित्र र बाहिर आवगमन गर्न दिइएका सवारी पास खारेज गरिएको मन्त्रालयका सह-प्रवक्ता उमाकान्त अधिकारीले बताए ।

 

अबदेखि लिइने पासहरु गृह मन्त्रालयको अनुमतिमा मात्रै जारी गरिने उनले बताए । प्रेसको हकमा सूचना विभागबाट जारी गरिएको पासबाट आवगमन दिइने उनले बताए । मन्त्रालयले यसअघि जिल्ला बाहिरका लागि जारी गरिएका पासहरु यसअघि नै मन्त्रालयले खारेज गरिसकेको छ ।



ट्रेन्डिङ