रत्ननगरको बकुलहर स्थित दुई पसलमा चोरी

रत्ननगरको बकुलहर स्थित  दुई पसलमा चोरी

रत्ननगर १ जेठ । लकडाउनको मौका छोपेर पूर्वी चितवनको रत्ननगर नगरपालिकाका दुई पसलमा चोरी भएको छ । रत्ननगर वडा नं १ बकुलहर चोकमा बुधबार राति इलाका प्रहरी कार्यालयबाट करिब १०० मिटरका दुरीमा रहेको दुई पसल चोरी भएको सञ्चारकर्मीसमेत रहेका स्थानीय विपीन शर्मा आचार्यले जानकारी दिए ।

बकुलहर चोकमा रहेको बाग्लुङ्काली किराना पसल र कम्प्युटर एण्ड ल्यापटपमा हाउसमा सटर फोरेर चोरी भएको उनले बताए । किराना पसलबाट काउन्टरमा राखिएको खुद्रा पैसासहित विस्कुट, चकलेट तथा कम्प्युटर पसलबाट पाँचहजार नगदसहित एउटा ल्यापटप चोरी भएको हो । चोरीको खोजीकार्य सुरु गरिएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ ।



ट्रेन्डिङ