सीमा विवादको विषयमा भारतसँग उच्चस्तरमा वार्ता गर्न सर्वदलिय सुझाव

सीमा विवादको विषयमा भारतसँग उच्चस्तरमा वार्ता गर्न सर्वदलिय सुझाव

काठमाडौं ३१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको सर्वदलीय बैठकमा सीमा विवादमा उच्चस्तरमा भारतसँग वार्ता गर्न सुझाव दिइएको छ । छलफलमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरु उपस्थित थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा भारतसँगको सीमा विवाद समाधानका लागि कुटनीतिक तथा राजनीतिक हिसाबले उच्चस्तरमा वार्ता गर्नुपर्ने सुझाव प्राप्त भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वक्तव्यबाजी गरिएको भन्दै असन्तुष्टि जनाए । सीमा विवाद समाधानमा उनले परिणाममुखी पहल गर्न सरकारलाई आग्रह गरेका छन् । सर्वदलीय बैठका सीमा विवाद र कोरोनाविरुद्धको अभियानका विषयमा छलफल गर्ने भनिए पनि कांग्रेसले एमसिसीको विषय पनि प्रवेश गराएको थियो ।



ट्रेन्डिङ