सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको टोली दार्चुलाको छाङरु पुगें

सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको टोली दार्चुलाको छाङरु पुगें

काठमाडौं ३१ बैशाख । लिपुलेकमा भारतले एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको टोली दार्चुलाको व्यास गाउँपालिका – १ स्थित छाङरु पुगेको छ । सशस्त्र प्रहरी टोली आज (बुधबार) बिहान काठमाडौंबाट सेनाको हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेको थियो । केही दिनअघि भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी भारतले उद्घाटन गरेको थियो । त्यसपछि चौतर्फीरूपमा भारतको विरोध हुँदै आएको छ ।

सीमा निगरानी लागि प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा छाङरुमा २५ जना सशस्त्र प्रहरी बलको टोली पुगेको छ । सरकारले गत मङ्सिरमा नै त्यहाँ बिओपी राख्ने निर्णय गरेको भएपनि अहिलेसम्म स्थापना हुनसकेको थिएन ।छाङरु भारतीय सीमाबाट एक किलोमिटरको दूरीमा पर्छ भने चीनको सीमा क्षेत्र १४ किलोमिटरको दूरीमा छ । स्थानीय एक व्यक्तिको घर भाडामा लिएर विओपी बस्ने छ । उक्त गाउँमा १०५ घरधुरी रहेको छ ।तत्कालीन अवस्थामा सीमा क्षेत्रमा सशस्त्र प्रहरीको १०७ बिओपी थियो ।मङ्सिरमा सरकारले ११४ बिओपी स्थापना गर्ने निर्णय गरेको थियो ।

त्यसपछि जम्मा १३ स्थानमा मात्रै बिओपी स्थापना भएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।राम्रो तरिकाले व्यवस्थापन गर्ने हो भने त्यहाँ २५ जनाको टोली पनि प्रर्याप्त भएको र छिट्टै १६० जनाको दरबन्दी पुर्‍याइने दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनुभयो ।‘राम्रो तरिकाले व्यवस्थापन गर्ने हो भने २५ जनाको टोली पनि प्रर्याप्त हो, अहिले १०र१० जनाको टोली परिचाल गरिनेछ र अन्य पाँच जनाले कार्यलयाको व्यवस्थापन गर्छन्,’ पौडेलले भन्नुभयो, ‘ अब छिट्टै १६० जनाको दरबन्दी हुन्छ, त्यसपछि त्यहाँ पर्याप्त हुन्छ ।’

सुरक्षाकर्मी संख्याभन्दा पनि कामको प्रभावकारीता हेर्नुपर्ने पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो धेरै, थोरैको संख्याभन्दा पनि त्यो टालीले गरेको काम हेरिन्छ, यो टोलीले सुरक्षाको अनुभूति हुने गरी काम गनेछन् ।’६ महिनाको लागि पुग्ने खाद्य सामाग्री व्यवस्थापना गरेको पनि प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । सुरक्षाको लागि आवश्यक पर्ने सबै समाग्री पनि त्यहाँ पुराइएको समेत उहाँले जानकारी दिनुभयो । त्यहाँ सुरक्षकर्मीहरुले उच्च मनोवलकासाथ डिउटी गर्ने पनि उहाँले बताउनुभयो ।



ट्रेन्डिङ