प्रेस यूनियन चितवनद्धारा कार्यक्षेत्रमा खटिएका पत्रकारको पिसिआर परिक्षण गर्न माग

प्रेस यूनियन चितवनद्धारा कार्यक्षेत्रमा खटिएका पत्रकारको पिसिआर परिक्षण गर्न माग

चितवन ३१ बैशाख । नेपाल प्रेस युनियन चितवनले आज प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापन पत्र बुझाउँदै तत्काल कार्यक्षेत्रमा खटिएका पत्रकारको पिसिआर परिक्षण गर्न माग गरेको छ । कोभिड १९ कोरोना भाइरस परिक्षणको व्यवस्था मिलाई दिन माग गर्दै युनियनका जिल्ला अध्यक्ष अनिल ढकालले चितवनका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

पर्सामा पत्रकारहरुमा कोरोना संक्रमण भेटिए संगै जिल्लामा रहेका पत्रकारहरुमा पनि संक्रमणको हुन सक्ने भन्दै परिक्षणको माग गर्दै युनियनले ज्ञापन पत्र बुझाएको हो । ‘ प्रत्यक्ष रुपमा कार्यक्षेत्रमा खटिएर काम गरिरहेका जिल्लाका पत्रकारहरुको तत्काल पिसिआर परिक्षण गर्नुपर्ने अवस्था देखिएको छ ’ ज्ञापन पत्रमा भनिएको छ ‘ समयमै परिक्षण भएमा संक्रमण देखिहालेमा ती व्यक्तिबाट धेरै फैलन नपाउने र निर्धक्क संग काम गर्ने बातावरण सृजना हुने छ ’ ।
साथै जिल्लामा रहेका पत्रकारलाई संस्थाले दिएको परिचय पत्रका आधारमा हिडडुल गर्न पाउने गरि सुरक्षा निकायमा आवस्यक निर्देशन दिन र पत्रकारको सुरक्षाको माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी भट्टराईले युनियनको माग प्रति सकारात्मक हुँदै कार्यक्षेत्रमा खटिएका पत्रकारको पिसिआर परिक्षण छिट्टै गरिने वताए । उनले सुरक्षित भएर काम गर्न पत्रकारलाई आग्रह गरेका थिए ।

पत्रकारहरुको परिचय पत्रका आधारमा हिडडुल गर्न दिईएको भए पनि अनाबश्यक काममा वाहिर ननिस्कन उनले आग्रह गरेका छन । युनियन चितवनले लकडाउनको समय सुरु भए संगै जिल्लामा रहेर पत्रकारीता गर्ने पत्रकारहरुलाई लक्षित गर्दै राहत बितरण, मास्क तथा सेनीटाईजर बितरण लगाएतका कामहरु गर्दै आएको छ । युनियनका अध्यक्ष ढकालले सामाजिक उत्तरदायीत्व संगै पत्रकारको स्वास्थ्यको बिषयलाई पनि ख्याल राख्न आग्रह गरेका छन ।



ट्रेन्डिङ