कालिका नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा बन्द

कालिका नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा बन्द

कालिका ३१ बैशाख । कालिका नगरपालिकाले बुधबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ। बुधबार सूचना जारी गर्दै कालिका नगरकार्यपालिकाबाट पाउँदै आएका सेवा सुविधा अर्को सूचना जारी नभएसम्मको लागि बन्द गराएको जानकारी गराएको हो ।

कोरोना भाइरस संक्रमणको जोखिम झनै भयावह बन्दै गएपछि स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै अत्यावश्यक बाहेकका सबै सेवा बन्द गराएको नगरकार्यपालिले जनाएको छ। साथै नगरपालिकाले नगरवासीलाई लकडाउनको पूर्ण पालना गरेर घरभित्रै बसिदिन पनि आग्रह गरेको छ।



ट्रेन्डिङ