नेपाली भूमि मिचेर सडक बनाएको विषयमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलिय बैठक बोलायो

नेपाली भूमि मिचेर सडक बनाएको विषयमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलिय बैठक बोलायो

काठमाडौँ ३१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार साँझ ४ बजेलाई बोलाइएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका अध्यक्षलाई बोलाइएको छ । बैठकमा पूर्व प्रधानमन्त्रीहरुलाई पनि बोलाइएको छ ।

बालुवाटार स्रोतका अुनसार भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेको विषयमा केकसरी अघिबढ्ने भन्ने बारे यो बैठकमा छलफल हुनेछ । साथै, पछिल्लो साता नेपालमा बढेको कोभिड संक्रमणबारे पनि छलफल हुने बताएइएको छ । पछिल्लो परिस्थितिबारे दलहरु र पूर्व प्रधानमन्त्रीबाट राय सल्लाह लिनका लागि प्रधानमन्त्रीले बैठक बोलाउनु भएको हो,रिमालले भने । सीमा क्षेत्रमा भइरहेको पछिल्लो गतिविधिका विषयमा गम्भिर रुपमा छलफल ठोस निर्णय लिने तयारी छ ।



ट्रेन्डिङ