पूर्वगृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवानलाई कोरोना संक्रमण ÷ आज बस्ने भनिएको नेकपाको बैठक स्थगीत

पूर्वगृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवानलाई कोरोना संक्रमण ÷ आज बस्ने भनिएको नेकपाको बैठक स्थगीत

काठमाण्डौं ३१ बैशाख । नेकपा स्थायी कमिटी बैठक फेरि पनि स्थगित भएको छ । बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित गरेको सचिवालयले नेताहरुलाई जानकारी गराएको छ । भीआईपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई नै कोरोना देखिएको र सांसदबाहेक अरु नेताको परीक्षण नगरिएको कारण देखाउँदै बैठक स्थगनको सूचना आएको एक नेताले जानकारी दिए ।

मंगलबार साँझ भक्तपुरमा फेला परेका २७ वर्षीय कोरोना संक्रमित पूर्वगृहमन्त्री भीम रावलको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी हुन् । नेकपाको अर्को बैठकको मिति निश्चित छैन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वगृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि पार्टीको बैठक स्थगीत भएको हो ।

रामेछाप घर भइ भक्तपुरमा बस्दै आएका २७ वर्षीय सशस्त्रका ती जवानमा कोरोना संक्रमण पुष्टि भएको हो । केही वर्षदेखि रावलको सुरक्षामा खटिएका उनी विगत एक महिनादेखि भने विदामा बस्दै आएका थिए । ती युवाको सशस्त्र प्रहरी बल नीलबाराही गणमा दरवन्दी रहेको छ ।



ट्रेन्डिङ