आवागमन निषेध गर्न जारी आदेश कार्यन्वय चितवनमा सन्तोषजनक रहेको ( डिसिसिएमसी) को निश्कर्ष ( बैठकको निर्णय सहित )

आवागमन निषेध गर्न जारी आदेश कार्यन्वय चितवनमा सन्तोषजनक रहेको ( डिसिसिएमसी) को निश्कर्ष ( बैठकको निर्णय सहित )

चितवन ३० बैशाख । सरकारले निर्णय गरे अनुसार मानिसहरुको आवागमन निषेध गर्न जारी भएको आदेशको कार्यन्वय सन्तोषजनक रहेको जिल्ला कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर ( डिसिसिएमसी) ले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको अध्यक्षतामा बसेको बैठकले लक डाउनको अवधिमा कोभिड १९ को संक्रमण रोकथाम र न्यूनीकरणका लागि गरिएको प्रयासको समिक्षा गरेको छ । बैठकले आगामी दिनमा देखिन सक्ने चुनौतीका विषयमा विभिन्न प्रस्तावमाथी छलफल गर्दै निषेध गर्न जारी भएको आदेश कार्यान्वयनको विषयमा ३ बुद्धे निर्णय समेत गरेको छ ।

बैठकमा भएको निर्णय यस्तो छ ।
आज मिति २०७७ साल बैशाख ३० गते मंलगबार चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री नारायण प्रसाद भट्टराईको अध्यक्षतामा जिल्ला कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर ( डिसिसिएमसी)को बैठक बसी देहायको उपस्थितिमा निम्नानुसार निर्णय गरियो –
उपस्थिति
अध्यक्ष – नारायण प्रसाद भट्टराई प्रमुख जिल्ला अधिकारी
सदस्य – चुडामणी शर्मा गौतम जि स अ जिल्ला समन्वय समिति चितवन
सदस्य-  डा श्रीराम तिवारी मे सु भरतपुर अस्पताल
सदस्य – विज्ञान खनाल गणपति प्रमुख सेनानी, कालीबहादुर गण
सदस्य -नान्तीराज गुरुङ्ग प्रहरी उपरीक्षक, जिल्ला प्रहरी कार्यालय
सदस्य -खेम बहादुर थापामगर सशस्त्र प्रहरी उपरीक्षक, सप्रबल नेपाल १७ नं गण
सदस्य -गोपाल प्रसाद पन्थी उप अनुसन्धान निर्देशक रा अ जि का
सदस्य सचिव- नेत्र प्रसाद शर्मा सप्रजिअ, जिल्ला प्रशासन कार्यालय
आमन्त्रित
प्रमुख दिपक तिवारी स्वास्थ्य कार्यालय
प्रहरी उपरीक्षक प्रकाश रानाभाट प्रदेश ट्राफिक प्रहरी कार्यालय बागमती प्रदेश
निर्णयहरु
निर्णय नं १
नेपाल सरकारको निर्णय अनुसार मानिसहरुको आवागमन निषेध गर्न जारी भएको आदेश कार्यान्वयन स्थितिको समिक्षा गर्दा जिल्लाभरको अवस्था सन्तोषजनक रहेको महशुस गरियो ।
निर्णय नं २
कोभिड १९ को संक्रमण रोकथाम र न्यूनीकरणका लागि संक्रामक रोग ऐन २०२० को दफा २ अनुसार नेपाल सरकारले जारी गरेको आदेश बमोजिम जिल्लामा सरकारी कार्यालय, उद्योग व्यापार लगायतका क्षेत्रका गतिविधिमा नियमन र नियन्त्रण भई रहेको सो जनताको जीवन रक्षाका लागि सरकारले जारी गरेको उक्त आदेश पालना गरी सहयोग पुर्याउनु हुने जिल्लाबासी सबै दिदी बहिनि दाजुभाईलाई धन्यवाद दिदै स्थिति अझै सामान्य भइनसकेका कारण सो आदेशलाई निरन्तरता दिने गरी मिति २०७७ जेष्ठ ५ गते सम्मका लागि थप भएको आदेशलाई पालना गर्ने गराउने काममा पूर्ववत सहयोगका लागि अनुरोध गर्ने ।
निर्णय नं ३
कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणका कार्यलाई यथावत राख्दै जनजीवनलाई क्रमश सामान्य तर्फ लैजानका लागि मन्त्री परिषदको सोहि निर्णयबाट आगामी जेष्ठ ५ गते सम्मको अवधिमा औषधि, स्वास्थ्य सामग्रीजस्ता अत्यावश्यक वस्तुको उत्पादन विक्री वितरण, खाद्यवस्तु लगायतका कृषि र पशुपक्षीजन्य उत्पादन तथा विक्री वितरण, औधोगिक वस्तुको उत्पादन तथा विक्री वितरण, विकास आयोजनाहरुको संचालनका लागि आवश्यक पर्ने ढुङ्गा गिट्टी बालुवा जस्ता निर्माण सामाग्रीको ढुवानी तथा न्यूनतम वित्तिय सेवालाई सूचारु गर्न केन्द्रिय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर तथा प्रदेश स्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरसंग आवश्यक समन्वय गरी सम्बन्धित जिल्लाको क्राइसिस म्यानेजमेन्ट सेन्टरले संक्रमणको जोखिम विश्लेषण गरी स्वास्थ्य सुरक्षाका मापदन्ड पालना गरीरगराई तोकिए बमोजिमका विभिन्न क्रियाकलाप संचालन गर्ने व्यवस्था मिलाउने गरी उल्लेख भएकोले सो सम्बन्धमा जिल्लामा हाल सम्म देखिएको कोभिड १९ को संक्रमणको अवस्था र आगामी दिनमा अपनाउनुपर्ने पूर्वसाबधानी समेतका आधारमा निम्नानुसारको कार्यविधि पारित गरी लागु गर्ने गराउने ।
क-  कृषि तथा पशुपन्छीजन्य क्षेत्र

– संचालन गर्न पाउने कार्यहरु
 खाद्यवस्तु र अन्य बाली लगाउने तथा पाकेको बाली भित्र्याउने कार्य
 पशु पन्छी पालन, माछा पालन, कुखुरा पालन तथा विक्रि वितरण
 फलफुल, तरकारी, दुध र द्ग्धजन्य पदार्थको उत्पादन, सङ्ककलन, भण्डारण र विक्रि वितरण
 नर्सरीबाट विरुवाको उत्पादन,घाँस तथा दाना उत्पादन र विक्रि वितरण
 कृषि बिउ(विजन उत्पादन,भण्डारण र विक्रि वितरण
 शीत भण्डारण
कार्य संचालन गर्ने प्रकिया
 कृषि कार्यमा स्थानीय कामदारहरु मात्र प्रयोग गर्ने । कामदारहरु बाहिरबाट ल्याउन नदिने । एकाघरका मानिसहरु बाहेक सोहि टोलरवडाका मानिसहरु समेतबाट काम गराउन पर्ने अवस्था भएमा आवश्यक सामाजिक दुरी कायम गरेको र स्वास्थ्य सम्बन्धी पर्याप्त सावधानी अपनाएको हुनपर्ने ।
 कृषि कार्यमा प्रयोग हुने मेशिनरी औजारहरुलाई विना पास पनि आवागमन गर्न दिने तर त्यसमा चालक र बढिमा एक जना सहयोगि बाहेक अन्य कुनै पनि मानिस आवत जावत गर्न नपाउने ।
 पशुपन्छीर माछारकुखुरा पालनका लागि एकाघर भन्दा बाहिरका कामदार प्रयोग भएको अवस्थामा ती कामदारहरुलाई सोहि स्थानमा आवासको व्यवस्था गर्नपर्ने ।
 दाना तथा उत्पादित दुध, माछामासु र अन्डा ओसार पसारमा स्वास्थ्य सम्बन्धी सावधानी नआपनाएको अवस्थामा बाहेक रोक नलगाउने । कोभिड १९ को संक्रमण देखा परेका जिल्लाबाट वा त्यस्ता जिल्लामा ओसार पसार गर्ने गरी आवतजावत गर्न परेमा जिल्ला प्रशासन कार्यालयको स्वीकृति अनिवार्य हुने ।
 जिल्ला भित्र उपभोगका लागि कोभिड १९ को संक्रमण देखा परेका जिल्ला र विदेशबाट तरकारी तथा फलफूल दुध तथा माछामासु आयात नगर्ने, नगराउने । त्यस्ता स्थानबाट आएका सामाग्री यस जिल्लामा अनलोड र भन्डारण गर्न समेत नपाइने ।
 नर्सरीबाट विरुवाको उत्पादन, घाँस तथा दाना उत्पादन र विक्रि वितरणलाई सुचारु गर्ने ।

-ख- मानव, पशु र कृषि रोग नियन्त्रण तथा स्वास्थ्य सम्बन्धी
–  संचालन गर्न पाउने कार्यहरु
 सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाहरु, अस्पताल, नर्सिङ्ग होम, पोलिक्लिनिक, ल्याब डाइग्नोष्टिक सेन्टरहरुको सञ्चालन
 औषधी तथा स्वास्थ्य सामग्री र मेडिकल अक्सिजनको उत्पादन तथा विक्रि वितरण
 औषधी पसलहरु ९आयुर्वेद,होमियोप्याथिक समेत० को सञ्चालन
 एग्रोभेट र भेटेरीनरी औषधी पसलहरुको सञ्चालन र तत्‍ सम्वन्धी सेवा
 सबै प्रकारका खोप लगायतका अत्यावश्यक ९स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको निर्देशिका बमोजिमका० सेवाहरुको सञ्चालन

– कार्यसंचालन प्रकृया र मापदन्ड
 सरकारी तथा निजी क्षेत्रबाट संचालित सबै स्वास्थ्य संस्थाहरु ९अस्पताल, नर्सिङ्ग होम, पोलिक्लिनिक, ल्याब, डाइग्नोष्टिक सेन्टर, आयुर्वेद, नेचुरोप्याथीक, होमियोप्याथीक० ले नियमित रुपमा सबै प्रकारका स्वास्थ्य सेवा संचालन गर्नुपर्ने ।
 औषधी पसलहरु ९एलोपेथिक, आयुर्वेद, होमियोप्याथिक समेत० तथा स्वास्थ्य सामग्री र मेडिकल अक्सिजनको उत्पादन तथा विक्रि वितरण नियमित रुपमा संचालन गर्नुपर्ने ।
 स्वास्थ्य कार्यालयले सम्बन्धित स्थानीय तहका स्वास्थ्य महारशाखाहरु संगको सहकार्यमा सबै खाले खोप कार्यक्रमहरु सुचारु गर्ने । साथै अभियानको रुपमा संचालनमा रहेको दादुरा, रुवेला विरुद्धको खोप कार्यक्रम समेत कोभिड १९ को जोखिम नहुने भरपर्दो व्यवस्था गरी संचालनमा रहने ।
 अस्पतालहरुले विरामीका कुरुवाहरु वा भिजिटर्सहरुका लागि ष्कयकबितष्यल बचभब छुट्याउनुपर्ने । विरामीको लागि आवश्यक औषधी र विरामी तथा कुरुवालाई आवश्यक पर्ने खाना, खाजा तथा फलफूलको व्यवस्था अस्पताल परिषर भित्रै व्यवस्था गर्ने ।
 स्वास्थ्य संस्थाहरुमा काम गर्ने कर्मचारीहरुले आफ्नो संस्थाको परिचयपत्र, आफू काम गर्ने संस्थाको कार्यालय प्रमुखले प्रमाणित गरेको कार्यतालका ९मगतथ कजभभत० साथमा लिएर घरदेखि अफिससम्म आउने र जाने प्रयोजनका लागि मात्र यात्रा गर्न सक्ने । यात्रा गर्दा परिचयपत्रको दुरुपयोग भएको ९कार्यालय जाने आउने बाहेक अन्य काममा परिचयपत्र प्रयोग भएको० पाइएमा कारबाही गरिने ।
 सेवाग्राहीहरुलाई सकेसम्म आफ्नो नजिकमा रहेको स्वास्थ्य संस्थाबाट सेवा लिन अनुरोध गर्ने । विशेष अवस्था परी नजिकको स्वाथ्य संस्थाबाट सेवा लिन नसकी स्वास्थोपचारका लागि सवारी साधन प्रयोग गर्नुपरेमा नेपाल प्रहरीको १०० नं मा फोन गरी अनुमति लिएर मात्र सवारी साधन प्रयोग गर्न सकिने । त्यसरी जाँदा बाटोमा पर्ने प्रहरी चौकीमा गएको र फर्केको सूचना दिनुपर्ने ।
 कोभिड १९ को जोखिम नहुने गरी सेवा प्रबाहको व्यवस्थापन गर्ने दायित्व समबन्धित सेवा प्रदायकको हुने । जिल्लाबाट खटिएको अनुगमन टोलिले कोभिड संक्रमणको जोखिम हुने गरी सेवा प्रबाह गरेको पाइएमा आवश्यक निर्देशन दिन सक्ने ।
 ओषधि बोकेका सवारी साधनहरु ९ट्रक, भ्यान, पिकअप आदी० आवागमन गर्न पास आवश्यक नपर्ने । तर त्यस्ता साधनमा सवारी चालक र निजको सहयोगि बढिमा १ जना बाहेक अन्य व्यक्तिलाई मात्र बोक्न नपाइने । सवारी पास छल्ने उद्देश्यले निजी सवारी साधन ९कार, मोटरसाइकल आदि०मा औषधी बोकेर हिडन नपाइने ।

ग – सरकारी तथा गैर सरकारी कार्यालय एवं बैंक, वित्तिय संस्था र सहकारीहरुको संचालन
– संचालन गर्न पाउने कार्यालयहरु
 अत्यावश्यक सेवा प्रबाह हुने सरकारी कार्यालयहरु को हकमा कार्यालय प्रमुखहरुले जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराई संचालन गर्न सकिने ।
 बैंकहरु वित्तिय संस्थाहरु ९सहकारी, विमा कम्पनी र तिनका शाखाहरु, mयलभथ तचबलकाभच गर्ने संस्थाहरु० सम्बन्धित संस्थाहरुले बनाएको कार्ययोजना अनुसार संचालन हुने ।
 सरकारी कार्यालय र बैंक तथा वित्तिय संस्थाहरुले कर्मचारीहरुलाई आलोपालो गरी परिचालन तथा व्यवस्थापन गर्नुपर्ने ।
– संचालन गर्न पाउने कार्यहरु
 बैंक तथा वित्तिय संस्था ९बिमा, धितोपत्र, सहकारी० ले कोभिड १९ को संक्रमणको जोखिम नहुने गरी सेवा प्रबाहको योजना बनाई जिल्ला प्रशासन कार्यालय र नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनुपर्ने । त्यसरी सेवा प्रबाह गर्दा अत्यावश्यकीय सेवा मात्र प्रबाह गर्ने गरी योजना बनाउने । संस्थाका कर्मचारीहरु मध्ये बढीमा एक तिहाई कर्मचारमात्र उपस्थित भई सेवा सञ्चालन गर्नुपर्ने ।
 बैंक तथा वित्तिय संस्थाहरु ९सहकारी समेत० ले आफ्ना शाखाहरु संचालन सम्बन्धमा कम्तिमा १ हप्ताको कार्यातालिका बनाई सार्वजनिक गर्नुपर्ने । सो कार्यतालिका र शाखा संचालन गर्न आउने कर्मचारीहरुको नाम ठेगाना सहितको विवरण जिल्ला प्रशासन कार्यालय सम्बन्धित स्थानीय तह र नजिकको प्रहरी कार्यालयमा पठाउनुपर्ने । सहकारीको हकमा समबन्धित स्थानीय तह र नजिकको प्रहरी कार्यालयमा मात्र जानकारी दिए पुग्ने ।
 बैंक तथा वित्तिय संस्था ९सहकारी समेत र बीमा कम्पनी समेत० मा काम गर्ने कर्मचारीहरुले आफ्नो संस्थाको परिचयपत्र, आफू काम गर्ने संस्थाको कार्यालय प्रमुखले प्रमाणित गरेको कार्यालय संचालन हुने दिन र सो दिन काम गर्ने कर्मचारीको विवरण उल्लेख भएको कार्यतालिका ९मगतथ चयकतभच० पत्र साथमा राखेर घरदेखि अफिससम्म यात्रा गर्न सक्ने । यात्रा गर्दा परिचयपत्रको दुरुपयोग भएको ९कार्यालय जाने आउने बाहेक अन्य काममा परिचयपत्र० पाइएमा कारबाही गरिने ।
 सेवाग्राहीहरुलाई आफ्नो नजिकमा रहेको बैंक तथा वित्तिय संस्थाबाट सेवा लिन अनुरोध गर्ने । तसर्थ सेवाग्राहीले सकेसम्म सवारी साधन प्रयोग नगरी बैंक तथा वित्तिय संस्थाको सेवा लिनुपर्ने ।
 बैंकहरुले एटिएमबाट जुनसुकै बखत सेवा लिन सकिने गरी आवश्यक व्यवस्था गर्नुपर्ने । सो कार्यका लागि आफ्नो कार्यालय प्रमुखले प्रमाणित गरेको पत्र सहित कार्यालयको सवारी साधन प्रयोग गर्न सकिने ।
 अति आवश्यकीय सेवा प्रदान गर्ने सरकारी कार्यालय तथा सार्वजनिक संस्थाहरुमा त्यस्तो सेवा प्रबाह गर्ने न्यूनतम कर्मचारीहरुलाई आलोपालो मिलाई तोकिएका स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्डको अनुशरण गरी कार्यालय सञ्चालन गर्नुपर्ने ।
 सेवा प्रबाह गर्ने सरकारी कार्यालय, बैक, वित्तिय संस्था, विमा कम्पनीहरुले कोभिड १९ को जोखिम नहुने गरी सेवा प्रबाहको व्यवस्थापन गर्ने दायित्व सम्बन्धित सेवा प्रदायकको हुने । त्यसरी सेवा प्रबाह भए नभएको अनुगमन गर्न जिल्ला तथा स्थानीय तहबाट अनुगमन समिति खटाउने र त्यसरी खटिएको अनुगमन टोलिले कोभिड १९ को संक्रमणको जोखिम हुने गरी सेवा प्रबाह भएको महशुस गरेमा सेवा प्रबाहमा सुधार गर्न वा सेवा बन्द गर्न निर्देशन दिन सक्ने ।
घ- विकास निर्माणका कार्य र आयोजना संचालन
– संचालन गर्न पाउने कार्यहरु
 राष्ट्रिय गौरवका आयोजनाहरु
 सरकारी तथा निजीस्तरवाट सञ्चालित जलविद्धुत आयोजना,
 सिँचाई आयोजना,
 खानेपानी आयोजना,
 विमानस्थल,
 सडक पुल सरकारी भवन निर्माण तथा प्रबलीकरण,
 एक स्थानमा एकपटकमा अधिकतम १०९दश० जनामा नबढ्ने गरी सञ्चालन गरिने अन्य शहरी पुर्वाधार विकास निर्माणका कामहरु
 ढुङ्गा(गिट्टी,बालुवालगायत निर्माण सामग्रीहरुको उत्पादन, सङ्कलन र ढुवानी सम्वन्धी कार्य
 सिमेन्ट उद्योगका लागि खानी सञ्चालन लगायत आवश्यक चुनढुङ्गा, कोइला, क्लिङ्कररको उत्पादन, सङ्कलन र ढुवानी सम्वन्धी कार्य,
 नदी नियन्त्रणका कार्यहरु

– कार्यसंचालन प्रकृया
 विकास निर्माणका आयोजना संचालन गर्ने निर्माण व्यवसायीले तोकिएका संचालन मापदन्ड पालना गर्ने गरी कार्ययोजना बनाई सम्बन्धित आयोजना कार्यालय र स्थानीय तहबाट सहमति लिई जिल्ला प्रशासन कार्यालयमा पेश गर्नुपर्ने ।
 आयोजनाका लागि आवश्यक पर्ने निर्माण सामग्रीरनदीजन्य सामग्री नजिकको स्थानबाट लैजानुपर्ने र आयोजनास्थल र निर्माण सामग्री ल्याउने स्थानका स्थानीयहरुलाई जोखिम नहुनेगरी निर्माण सामग्री ढुवानीको उचित व्यवस्थापन गर्नुपर्ने ।
 संचालित आयोजनालाई निर्धारित अवधि भित्र ९यथाशिध्र० सम्पन्न गर्ने गरी कार्यसंचालनलाई प्रभावकारी बनाउनुपर्ने ।
 आयोजनाहरुमा काम गर्ने श्रमिकहरुलाई सम्वन्धित आयोजनाले कार्यस्थलमानै आवासको व्यवस्था गर्नुपर्ने । त्यसरी आयोजनास्थलमै बसोबास गराउन स्थान अभाव भएमा स्थानिय तहको समन्वयमा सम्वन्धित वडाभित्रका सार्वजनिक समुदायिक भवन वा सरकारी तथा नीजि विद्यालय वा खाली स्थानमा स्थानीय व्यक्तिहरुसँग सम्पर्क नहुने गरी सुरक्षित आवासको व्यवस्था गर्ने र सवारी साधनको व्यवस्था गरी आयोजनास्थमा सुरक्षित तरिकाले कामदार ल्याउने लैजाने गर्नुपर्ने । यस सम्वन्धी खर्च सम्वन्धित निर्माण व्यवसायीले नै व्यहोर्नु पर्ने ।
 श्रमिकहरुलाई कार्यस्थलमै खानारखाजाको व्यवस्था मिलाउनुपर्ने ।
 आयोजनाहरुमा काम गर्ने श्रमिकहरुलाई सम्वन्धित आयोजनाले दैनिक रुपमा अनिवार्य स्वास्थ्य जाँच गर्ने ।
 कार्यस्थल र आवासस्थलमा स्वास्थ्य सम्बन्धी पूर्वसावधानी पूर्णरुपमा अपनाएको हुनुपर्ने ।
 कार्यस्थल र श्रमिकहरुको आवासस्थलमा कामदारहरु र बाहिरी मानिसहरु ९क्वारेन्टाइन स्थलमा तरकारी दाल चामल आदी खानेकुराहरु पुर्याउने व्यक्ति तथा जुनसुकै कामले त्यहाँ पुग्ने अन्य व्यक्तिहरु० बीच प्रत्यक्ष सम्पर्क ९एजथकष्अब िअयलतबअत० नहुने गरी आवश्यक प्रबन्ध मिलाउनु पर्ने ।
 आयोजनास्थलमा पहिलोपटक कामदार पुर्याउदा त्यसको पूर्वस्वीकृति र सवारी पास जिल्ला प्रशासन कार्यालयबाट लिनुपर्ने । सवारी साधन प्रयोग गरी कामदार तथा कर्मचारीहरु ल्याउदा लैजादा यात्रु चढाउनु पूर्व सवारी साधन पूर्ण रुपमा मष्कष्लाभअतष्यलरकबलष्तष्शभम गर्ने, सवारी साधनमा यात्रा गर्ने यात्रुहरु तथा सवारी चालक र सहचालक सबैले मास्क तथा ग्लोब्स लगाएको, आवश्यकता अनुसार सेनिटाइजर प्रयोग गरेको हुनुपर्ने ।

ङ- औधोगिक उत्पादन सम्वन्धि
– संचालन गर्न पाउने उद्योगहरु
 चामल,दाल, तेल, चिउरा, विस्कुट, पाउरोटी, पिठो, चाउचाउ जस्ता दैनिक उपभोग्य खाद्यवस्तु, पानी प्रशोधन, ‍औषधी, स्वस्थ्य सामग्री,सावुन उत्पादन र सोको प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योगहरु
 ग्याँस बोटलिङ्ग, घरेलु तथा साना उद्योगहरु, निर्यातजन्य र विशेष आर्थिक क्षेत्रमा सञ्चालित उद्योगहरु
 सिमेन्ट, डण्डी जस्ता निर्माण जन्य उद्योगहरु

-उद्योगहरु संचालन गर्दा अपनाउनुपर्ने मापदन्ड तथा कार्यसंचालन प्रकिया
 उत्पादन प्रक्रियामा संलग्न श्रमिक कामदारलाई उद्योग प्रतिष्ठानले छुट्टै स्थानमा राख्ने बन्दोबस्त मिलाई काममा लगाउनु पर्ने । त्यसका लागि आफ्नो प्रतिष्ठानभित्र पर्याप्त स्थान नभएमा उक्त प्रतिष्ठान रहेको स्थानीय निकायको समन्वयमा सम्वन्धित वडाभित्रका सार्वजनिक सामुदायिक भवन वा सरकारी तथा नीजि विद्यालय वा खाली स्थानमा स्थानीय व्यक्तिहरुसँग सम्पर्क नहुने गरी सुरक्षित आवास तथा खानारखाजाको व्यवस्था गर्ने श्रमिकहरुलाई स्वास्थ्य मापदण्ड पालना गरी सुरक्षित परिवहनको व्यवस्था मिलाउने ।
 उद्योगहरु संचालन गर्दा स्वास्थ्य सम्बन्धि पूर्व सावधानी अपनाएको वा नअपनाएको सम्बन्धमा जिल्ला स्तर वा स्थानीय सरकारले खटाएको टोलिले बेला बेलामा उद्योग वा आवास स्थलको अनुगमन गर्न सक्ने । त्यसरी अनुगमन गर्दा सामान्य कमि कमजोरी पाइएमा सुधार गर्न र गम्भिर प्रकृतिका कमि कमजोरी पाइएमा उद्योग संचालन नगर्न निर्देशन दिन सक्ने ।
 उद्योगहरुले कार्यस्थललाई अनिवार्य रुपमा स्यानिटाइजेसन गर्ने र नियमित स्वास्थ्य जाँच तथा स्वास्थ्य सुरक्षाको सुनिश्चितता गरी उद्योग व्यवसायहरु सञ्चालन गर्ने व्यवस्था मिलाउने ।
 कामदारहरुलाई उद्योगहरुमा प्रवेश गराउदा, काम गराउदा वा आवासस्थलमा रहदा स्वास्थ्य सम्बन्धी जोखिम नहुने गरी आवश्यक व्यवस्था मिलाउनु पर्ने ।
 उद्योगहरुका लागि कच्चा पदार्थ आयात गर्दा वा तयारी मालवस्तु वजार पुर्याउदा सवारी पास आवश्यक नपर्ने तर त्यस्ता सवारी साधनले तोकिएको स्वास्थ्य सम्बन्धि सावधानी अपनाएको र सवारी साधनका स्टाफ भन्दा अन्य व्यक्तिलाई यात्रा नगराएको हुनुपर्ने ।
 छिमेकी मुलुक वा कोभिड १९ को संक्रमण देखिएका जिल्लाबाट कच्चा पदार्थ ल्याउदा वा तयारी मालवस्तु त्यस्ता स्थानमा पुर्याएर फर्कने गरी सवारी साधन संचालन गर्दा जिल्ला प्रशासन कार्यालयको पूर्व स्वीकृति आवश्यक पर्ने ।
 संचालित उद्योगका कामदारहरु उद्योगस्थल र घरसम्म आवतजावत गर्न सवारी पास दिन नसकिने तर उद्योगको कामले बैंकिङ्ग कारोवार गर्ने लगायतका अत्यावश्यक प्रयोजनका लागि न्यूनतम सवारी साधन प्रयोग गर्ने गरी सवारी साधनको पास उपलब्ध गराउन सकिने ।
 राजमार्ग तथा सहायक राजमार्गमा कम्तिमा ५०९पचास० किलोमिटर दूरीको अन्तरमा सम्वन्धित स्थानीय तहले तोकेका स्थानमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृत गरेको मापदण्ड अवलम्वन गरी खानाको प्याकेट मात्र विक्रि गर्ने गरी होटेल रेष्टुरेण्ट सञ्चालन गर्न इच्छुक व्यक्तिले स्थानीय तहको सहमती सहित आफ्नो योजना संलग्न राखेर जिल्ला प्रशासन कार्यालयमा प्रस्ताव पेश गर्न सक्ने । जिल्ला प्रशासन कार्यालयले स्थलगतअनुगमन तथा पेश भएको प्रस्ताव अध्ययन गरी कोभिड १९ को जोखिम नहुने ठहर गरेमा कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरवाट स्वीकृत गराई कार्य संचालन गर्न दिन सक्ने ।
च- व्यापरिक क्षेत्र सम्बन्धी

– संचालन गर्न पाउने पसलहरु
 चामल,दाल, तेल, चिउरा, विस्कुट, पाउरोटी, पिठो, चाउचाउ जस्ता दैनिक उपभोग्य खाद्यवस्तु, पानी, ‍औषधी, स्वस्थ्य सामग्री, सावुन आदी दैनिक उपभोग्य वस्तु बेचविखन गर्ने पसलहरु
 ग्याँस डिपो, पेट्रोलपम्प आदि पेट्रोलियम पदार्थ वेचविखन गर्ने पसलहरु
 सिमेन्ट, डण्डी जस्ता निर्माण जन्य पसलहरु
 बढीमा ५ जनासम्म कामदार रहने गरी सवारी साधनहरुको मर्मत गर्ने वर्कशप
 इन्टरनेट जडान र मर्मत,प्लम्बिङ्‍ तथा इलेक्ट्रिकल सेवा

द्द- कार्य संचालन प्रकृया
 औषधि पसल तथा पेट्रोलपम्प संचालनका लागि समयको बन्देज नहुने । खाद्यान्न सामान विक्री गर्ने पसलहरु, तरकारी बेच्ने पसलहरु र ठेलागाडामा तरकारी बेच्ने घुम्ती पसलहरु, खानेपानी विक्री वितरण गर्ने पसलहरु, पशुपक्षीको दाना विक्री गर्ने पसलहरु, सावुन सर्फ आदि सरसफाइका समान बेच्ने पसलहरु विहान १० बजे देखि दिउसो ४ बजे सम्म मात्र संचालन गर्नपाउने । दुध डेरीमा दुध संकलनका लागि समयको बन्देज नरहने ।
 पसलहरुमा एकै परिवारका सदस्यहरुले मात्र काम गर्न पाउने । बाहिरका कामदारहरु राख्नुपर्ने भएमा सोहि स्थानमा आवासको प्रबन्ध गर्नपर्ने ।
 पसलमा आउने ग्राहकहरुको बीचमा सामाजिकरभोतिक दुरी ९कम्तिमा २ मिटर० कायम गरी स्वास्थ्य सम्बन्धी पूर्ण सावधानी अपनाएर कोभिड १९ को संक्रमण नहुने गरी मात्र मालसमान विक्री वितरण गर्नुपर्ने ।
 कोभिड १९ को जोखिम नहुने गरी मालसमान बेचविखन गर्ने वा पसल संचालनको व्यवस्थापन गर्ने दायित्व समबन्धित व्यापारिक प्रतिष्ठान वा पसल संचालकको हुने । सो कुराको उचित व्यवस्थापन भए नभएको हेर्न जिल्ला तथा स्थानीय तहबाट अनुगमन समिति खटाउने र त्यसरी खटिएको अनुगमन टोलिले कोभिड १९ को संक्रमणको जोखिम हुने गरी संचालन भएको महशुस गरेमा सुधार गर्न वा बन्द गर्न निर्देशन दिन सक्ने ।
 व्यापारिक स्थलरपसलरडिपाटमेन्टल स्टोरको कार्यस्थललाई अनिवार्य रुपमा स्यानिटाइजेसन गर्ने र नियमित स्वास्थ्य जाँच तथा स्वास्थ्य सुरक्षाको सुनिश्चितता गरी पसल सञ्चालन गर्ने व्यवस्था मिलाउने । नगद कारोवार गर्दा खुद्रा पैसाको लेनदेन कम हुने गरी गर्ने । सकभर विधुतिय माध्यमबाट भुक्तानी गर्ने । लेनदेन गरिएको रुपैया पैसा लगायतका समानहरुबाट संक्रमणको जोखिम नहुने गरी होशियारी अपनाउनु पर्ने ।
 पसलहरुमा एकठाउँमा पाँचजना भन्दा बढी व्यक्ति जम्मा हुन नपाउने गरी व्यवस्था मिलाउने र तिनिहरुको वीचमा समेत कम्तिमा २ मिटरको दुरी कायम गर्ने व्यवस्था मिलाउनु पर्ने ।
 स्वास्थ्य सम्बन्धी सुरक्षाका लागि पसलमा वस्ने र किनमेल गर्न जाने मानिसहरु वीच सामाजिकरभौतिक दुरी कम्तिमा २ मिटर कायम गर्नुका साथै संक्रमणको जोखिम कम गर्न सेवा प्रदायकले मास्क तथा ग्लोब्स लगाउने, सेनिटाइजर प्रयोग गर्ने, हात धुने लगायतको आवश्यक प्रबन्ध गर्नुपर्ने ।
छ- संचालन गर्न पाउने सवारी साधन तथा ढुवानी सेवा सम्वन्धी

– संचालन गर्न पाउने सवारी साधनहरु
 तरकारी दुध फलफूल र मल वीउ पशुपक्षीको दाना ९घास, पराल, चोकर, खाद्यान्न आदी० चल्ला अन्डा आदि वोकेका सवारी साधनहरु
 भन्सारबाट जाँचपास भई आएका, उद्योग प्रतिष्ठानवाट लोड लिई मालसमान बोकेका र मालसामान गन्तव्यमा पुर्याआई फर्किने ढुवानीका साधनहरु
 पानी,ग्याँस,पेट्रोलियम पदार्थ बोकेका ढुवानीका साधनहरु
 ओद्योगिक कच्चा पदार्थहरु र तयारी मालवस्तु बोकेका ढुवानीका साधनहरु
 विकास आयोजनामा प्रयोग हुने उपकरणहर लानेरल्याउने कार्य र निर्माण सामग्रीहरु बोकेका ढुवानीका साधनहरु
 कृषि सामग्री, रासायनिक एवं प्रङ्गारिक मल बोकेका ढुवानीका साधनहरु
 एम्बुलेन्स सेवा
 विद्यालयका पाठ्यपुस्तकको ढुवानी गर्ने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडवाट अनुमति लिएका ढुवानीका साधनहरु

द्द- कार्यसंचालन प्रकृया
 यस जिल्लामा अनलोड हुने तरकारी तथा फलफूल बोकेका सवारी साधनहरुमा सो तरकारि तथा फलफूल उत्पादन भएको स्थान र उत्पादनकर्ताको विवरण उल्लेख भएको कागजात साथमा हुनुपर्ने
 मालबाहक सवारी साधनमा तोकिएको कामका लागि सम्बन्धित ढुवानीकर्ताले उपलब्ध गराएका बैधानिक कागजात सहित मात्र मालबाहक सवारी संचालन गर्न पाउने छन ।
 एम्बुलेन्समा चालक र विरामी बाहेक बढिमा २ जना मात्र कुरुवा मात्र यात्रा गर्न पाउने ।
 संचार विभाग वा सम्बन्धित संचारगृहले प्रदान गरेको बैधानिक प्रेसपास साथमा भएका व्यक्तिहरुलाई घरदेखि संचारगृहमा आउनजान र समाचार संकलन गर्ने प्रयोजनका लागि हिडडुल गर्न पाउने ।
 विकास आयोजनामा प्रयोग हुने उपकरण र निर्माण सामग्री बोकेका ट्रक, ट्याक्टर र ट्रिपरहरुले त्यस्ता सामग्री ओसारपसार गर्दा सम्बन्धित आयोजना कार्यालय वा स्थानीय तहले संचालन गरेको आयोजना भएमा सम्बन्धित स्थानीय तहले प्रमाणित गरी दिएको पत्र साथमा राखेको हुनुपर्ने ।
 भन्सारपास भई आएका सवारी साधनहरु तोकिएको गन्तब्य स्थान सम्म पुग्ने गरी यात्रा गर्नुपर्ने । यस जिल्लामा अनलोड तथा भन्डारण गर्नुपर्ने भएमा अनलोड गर्नु पूर्व नजिकको सुरक्षा निकाय र वडा कार्यालयमा जानकारी गराउनु पर्ने ।
 मालबाहक सवारी साधनमा यात्रुहरु राख्न नपाइने, त्यस्ता सवारी साधनमा एकजना चालक र बढीमा एक जना मात्र सहयोगि व्यक्ति हुनुपर्ने ।
 सबै मालबाहक सवारी साधनमा जिल्लाको प्रवेश विन्दुमा त्यस्ता सवारी साधनमा रहेका मानिस ९चालक र सहयोगि स्टाफ० सहितको विवरण राख्ने । सवारी साधन फर्की जाँदा सोही विवरण बमोजिमको व्यक्ति भए नभएको जाँच गरिने झुटा विवरण दिई यात्रा गरेको पाइएमा सवारी साधन नियन्त्रणमा लिई कारबाहि गरिने ।
 विद्यालयका पाठ्यपुस्तको ढुवानी गर्ने प्रयोजनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडवाट अनुमति लिएका ढुवानीका साधनहरुमात्र संचालनमा रहन पाउने ।
 ट्रिपर, ट्रक, ट्याक्टरहरुमा स्थानीय निर्माण सामग्री ढुङ्गा, गिट्टी, बालुवा तथा छड सिमेन्ट डुवानी गर्नका लागि स्थानीय तहको अनुमति आवश्यक पर्ने । संघिय तथा तथा प्रदेश सरकार अन्तरगत संचालित आयोजनाका लागि सम्बन्धित स्थानीय तहसंगको समन्वयमा आयोजनारकार्यालय प्रमुखले सिफारिसरप्रमाणित गरिदिनुपर्ने । तर जुनसुकै निकायले दिएको अनुमति भएता पनि सामग्री ल्याउने स्थान, पुर्याउने स्थान, सवारी साधनको नं, सामग्री पुर्याउने मिति, सवारी चालकको नाम र प्रयोजन लगायत सबै विवरण खुलाएको र आधाकारिक व्यक्तिले स्पष्ट बुझिने गरी हस्ताक्षर गरेको र नाम पद उल्लेख गरेको हुनुपर्ने ।

ज- आफ्नो क्षेत्रको निगरानी आफै गर्ने गरी समूदायलाई सक्रिय बनाउने । त्यसका लागि नागरिक निगरानी समूह गठन गरी वा गठन भइसकेका टोल सुधार समितिलाई परिचालन गर्ने ।
 टोल टोलमा रहेका टोल सुधार समिति परिचालन गर्ने र टोल सूधार समिति नभएका स्थानमाम नागरिक निगरानी समूह गठन गर्ने ।
 नागरिक निगरानी समूह वा टोल सुधार समितिले आफ्नो टोलमा कोहि नयाँ मानिस आएमा सम्बन्धित वडा कार्यालय र नजिकको प्रहरी चौकीरकार्यालयमा सूचना दिने ।
 आफ्नो टोल रहेका पसल तथा सहकारी बैंक आदी सार्वजनिक सेवा लिने ठाउँमा मानिसहरुको भिडभाड भए नभएको निगरानी गर्ने ।
 त्यस्तो भिड हुन नदिन आवश्यक व्यवस्था मिलाउने । सो कार्यका लागि प्रहरी वा प्रशासनको सहयोग आवश्यक भएमा आवश्यक सहकार्य गर्न सकिने ।
 सम्बन्धित वडा कार्यालयसंग सहकार्य गरी क्वारेन्टाइन व्यवस्था गर्ने । संक्रमित जिल्ला र विदेशबाट आएका मानिसहरुलाई अनिवार्य रुपमा सार्वजनिक क्वारेन्टाइनमा र अन्य जिल्लाबाट आएका मानिसहरुलाई होम क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने ।
 नागरिक निगरानी समूह वा टोल सुधार समिति गठन भएका स्थानमा प्रहरीले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धि काममा नागरिक निगरानी समूहसंग सहकार्य गर्ने ।

झ- मानिसहरुको आवागमन नियन्त्रण र सार्वजनिक स्थलमा उपस्थित हुदा अपनाउनुपर्ने व्यवहार
– मानिस नै कोभिड १९ को संकर कोभिड १९ को संक्रमण फैलाउन सक्ने प्रमुख कारक तत्व मानिस भएको कारण यसको जोखिम रहे सम्म अत्यावश्यक काम बाहेक आफ्नो टोलबाहिर आवतजावत नगर्ने र आवागमनलाई सकेसम्म कम गर्ने ९खुला रुपमा सवारी साधनको प्रयोग गरी हिडडुल गर्ने, विहान घरवाट निस्केर दैनिक, पेशा, व्यापार व्यवसाय र भेटघाट गर्ने साविकको बानी० परिवर्तन गरी नयाँ जीवनशैली अपनाउने ९सके सम्म पेशा, उद्योग, व्यापार स्थलमै वस्ने र अत्यावश्यक कामका लागिमात्र बाहिर निस्कने बानी विकास गर्ने० नै हाम्रा लागि विकल्प कठिन भए पनि विकल्प रहित भएकोले सोहि बमोजिम गर्न गराउन जिल्लाबासी सबै दीदी बहिनी दाजुभाइहरुलाई अनुरोध गर्ने । मानिसहरुको आवागमनलाई सकेसम्म कम गर्ने गरी अत्यावश्यक कामका लागि मात्र निश्चित मापदन्ड बनाई सवारी पास जारी गर्ने ।
ट- सेवाग्राही सेवा लिन जाने बैक तथा वित्तिय संस्था अस्पताल सरकारी कार्यालय पसलहरु लगायत सबै स्थानमा २ मिटरको भौतिक दुरी अनिवार्य रुपमा कायम गर्ने । सेवा प्रदायक तथा सेवाग्राही सबैले साबुन पानिले ६० सेकेन्ड सम्म हात धोएर वा सेनिटाइजर प्रयोग गरेर मात्र भित्र प्रवेश गर्ने ।
ठ-सेवा प्रदायकले प्रत्येक दिन लगाएको पोषाक अनिवार्य रुपमा पोषक धोएर सुकाएर निर्मलीकरण गरिसकेपछि मात्र पुनस् प्रयोग गर्ने । मास्क तथा ग्लोव्स लगाउने ।
ड-  सार्वजनिक स्थलमा प्रवेश गर्ने हरेक मानिसहरुले मास्क अनिबार्य रुपमा प्रयोग गर्नुपर्ने ।



ट्रेन्डिङ