नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं ३० बैशाख । नेपालमा लड डाउन खुकुलो हुँदै गएको बेला  नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सा जिल्लामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् । थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।



ट्रेन्डिङ