भीआइपीको सुरक्षा होइन, सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल परिचालन हुने

भीआइपीको सुरक्षा होइन, सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल परिचालन हुने

काठमाडौं २९ बैशाख । भीआईपीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई सीमा सुरक्षाका लागि खटाइने भएको छ । भीआइपीको सुरक्षामा खटिएका सशस्त्र प्रहरी बललाई हटाएर सीमा सुरक्षामा खटाउन लागिएको परराष्टमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिबैठकमा सोमबार बोल्दै मन्त्री ज्ञवालीले भीआईपी सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई त्यहाँबाट हटाएर सीमामा खटाउने निर्णय भएको जानकारी दिए । अहिले सीमा क्षेत्रमा २२ हजार ६ सय १६ सुरक्षाकर्मी परिचालित छन् ।



ट्रेन्डिङ