मलेसियामा रहेका नेपाली रेष्टुरेन्टहरु आजदेखि १३ तारेख सम्मका लागि बन्द

मलेसियामा रहेका नेपाली रेष्टुरेन्टहरु आजदेखि १३ तारेख सम्मका लागि बन्द

आरएन चौधरी थारु  /पिविएम न्यूज 
मलेसिया २८ बैशाख । कोरोनाको संक्रमण बढ्दै गएपछि मलेसियामा रहेका नेपाली रेष्टुरेन्टहरु आजदेखि १३ तारेख सम्मका लागि बन्द गरिएको छ ।  मलेसियामा लक डाउन खुकुलो पारिएको छ । आउदो महिना जुन ९ तारिखसम्मको लागि लक डाउन ( सिएमसिओ ) खुकुल्लो आवागमन नियन्त्रण आदेश जारी भएको छ । यो बीचमा उच्च सावधानिका बीच व्यापार व्यवसाय गर्न पाइने भएपनि नेपालीहरुमा समेत संक्रमण देखिने क्रम बढ्न थालेपछि मलेसियाको राजधानी क्लालाम्पुर क्षेत्रका सबै नेपाली रेष्टुरेन्टहरु तत्कालका लागि बन्द गरिएको हो ।


मलेसियामा अन्दाजी ४ लाख बढि नेपाली श्रमिक कार्यरत रहेको अनुमान छ ।  यता मलेसियाका प्रधानमन्त्री मुहमदिन यासिनले उच्च सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ ।  उनले टेलिभिजन मार्फत आमदेशवासीलाई संवोधनको क्रममा देशमा रहेका सबैलाई उच्च सावधानि अपनाउन आग्रह गरेको हो ।एमसिओ खुक्कुलो भएयता कोरोनाको संक्रमण देखिन रोकिएको छैन ।

नेपाली श्रमिकहरुमा समेत कोरोना संक्रमण बढ्दै गएको छ । अहिलेसम्म ५३ जना नेपालीमा संक्रमण फेला परिसकेकोले मानिसको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै नेपालीहरुको ब्यवसायीक,ब्यापारिक केन्द्र भनेर चिनिने राजधानी क्वालालम्पुरमा अवस्थित कोतरायामा रहेका नेपाली रेष्टुरेन्ट ब्यवसायीहरुले १३ तारिखसम्मको लागि ब्यापार,ब्यवसाय पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको एक रेष्टुरेन्ट ब्यवसायीले बताए।

जम्मा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ५६ पुगेको छ । त्यसमध्ये ५ हजार २५ जना निको भैईसकेको छ्न भने अझै १ हजार ५ सय २३ जना संक्रमित अस्पतालमा उपचाररत रहेका छन् ।  कोरोना भाइरसका कारण अहिले सम्म मलेसियामा १ सय ८ जनाले ज्यान गुमाईसकेका छ्न । तर कोरोनाले मलेसियामा अहिलेसम्म कुनैपनि नेपाली मृत्यु भएको छैन।



ट्रेन्डिङ