लकडाउनको अवेज्ञा गर्दै नारायणगढ क्षेत्रका पसलहरु खुल्न थालेपछि प्रहरीले सक्रियता बढायो

लकडाउनको अवेज्ञा गर्दै नारायणगढ क्षेत्रका पसलहरु खुल्न थालेपछि प्रहरीले सक्रियता बढायो

नारायणगढ २८ बैशाख । लकडाउनको अवेज्ञा गर्दै आइतवार विहानैदेखि नारायणगढमा मोबाइल पसलहरु खुलेका छन् । अतिआवश्यक सेवा दिने पसलहरु खोल्ने सरकारको निर्णयसँगै बजार क्षेत्रका मोबाइल पसलहरु खुलेका हुन । मोबाइल पसल अति आवश्यक सेवा भित्र पर्दैन । सरकारको निर्णय विपरित मोबाइल पसल खोलेको सूचनाका आधारमा बजार क्षेत्रका केहि पसलहरुलाई प्रहरीले बन्द गर्न भन्दै हिडेका थिए ।

लकडाउनको अवधिमा अत्यावश्यकमा खाद्यान्न, तरकारी, दूधजन्य सामाग्री, औषधि पसल लगायतका सेवा संचालन गर्न पाउने सरकारको निर्णय छ । सेवा अनुसार समय समेत निर्धारण गरिएको छ । तर आइतबार भने बजार क्षेत्रका होटल, कस्मेटिक, हाडवेयर, स्टेसनरी, कपडा पसल समेत स्वतस्र्फुत रुपमा खुलेका छन् । खुलेका पसलमा सामाजिक दूरीलाई समेत ख्याल गरिएको छैन । यता मोबाइल पसल देखि होटल, एवम कस्मेटिक पसलवालाहरुले भने आफुहरुले पसल खोल्न पाउनुपर्ने माग गरेका छन् ।

यो विषयमा व्यवसायिहरुको छाता संस्था उद्योग बाणिज्य संघ चितवनले सरोकारवालाहरु संग छलफल गरेर निकास दिने तयारीमा लागेको छ । औपचारिक रुपमा निर्णय नहुँदै बजार क्षेत्रमा व्यवसाय गर्दै आएकाहरुले सटर खोलेर व्यापार व्यवसाय संचालन गर्न थालेपछि सो क्षेत्रमा प्रहरीले समेत सक्रियता बढाउन थालेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एक नारायण कोइरालाले लकडाउनका समयमा बजार खोल्ने कुनै निकायको निर्णय नभएकाले बजार नखोल्न आग्रह गरेको छ ।



ट्रेन्डिङ