कालिका नगरपालिकामा १ सय ९३ जनाले रक्तदान गरे

कालिका नगरपालिकामा १ सय ९३ जनाले रक्तदान गरे

कालिका २८ बैशाख । पूर्वी चितवनको कालिका नगरपालिकामा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू चितवनले आज आयोजना गरेको रक्तदान कार्यक्रममा १७ जना महिला सहित १ सय ९३ जनाले रक्तदान गरेका छन् ।
हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड १९ )को कारण देशभर रगतको चरम अभाव देखिएकाले राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूले अभियान स्वरुपनै रक्तदान कार्यक्रम गर्दै आएको छ ।
प्रदेश सभा सदस्य घनश्याम दाहाल ( अविनाश )ले रक्तदानका लागि चाहिने सामग्री हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

रक्तदान कार्यक्रममा प्रदेश कमिटी सदस्य रामध्वज डल्लाकोटी, नेकपाका जिल्लानेता तेजेन्द्र खड्का, रामचन्द्र अधिकारी, जिल्ला सचिवालय सदस्य एवम् कालिका नगरपालिकाको मेयर खुमनारायण श्रेष्ठ, जिल्ला सचिवालय सदस्य जयचन्द्र प्रसाद चौधरी लगायतका नेताहरुको उपस्थिती थियो ।

बैशाख ११ गतेदेखि चितवनको रामनगरदेखि सुरु भएको यो अभियान अन्तर्गत भरतपुर महानगरपालिकाका विभिन्न वडा हुँदै कालिका नगरपालिकामा पुगेर रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
यस अघि रामनगर र भरतपुरका विभिन्न वडामा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५ सय ३५ पोका रगत संकलन भइसकेको छ । सातवटा केन्द्रवाट रगत संकलन गर्ने लक्ष्य छ ।

कालिकाको कुन कुन वडावाट कतिजनाले रक्तदान दिए –

लक डाउनका बीच पनि कालिका नगरपालिकाका विभिन्न वडावाट युवाहरु स्वतस्फुर्त रुपमा रक्तदान गर्न पदमपुर पुगेका थिए । पदमपुरको लामाचोकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा गरी १ सय ९३ जनाले रक्तदान गरेको स्थानीय युवा शेषकान्त रिजालले जानकारी दिए ।  उनका अनुसारले  कालिक ३- ९२ जना, कालिका २ – ३१ जना कालिका ५ – १६ जना कालिका ६ –  १३ जना कालिका ८ – ९ जना कालिका ९ – ९ जना कालिका १ – ८ जना कालिका ७- ८ जना कालिका ४ – ५ जना राप्ती , १ जना र न पा , १ जनाले रक्तदान गरेका छन् ।

 

 



ट्रेन्डिङ