सगरमाथाको विषयमा चीनले अनावश्यक विवाद निकाल्दै / चिनिया संचारमाध्यमले सगरमाथा आफ्नो देशको भन्न थाल्यो

सगरमाथाको विषयमा चीनले अनावश्यक विवाद निकाल्दै / चिनिया संचारमाध्यमले सगरमाथा आफ्नो देशको भन्न थाल्यो

काठमाडौं २८ बैशाख । सन् १९६१ मा नेपाल र चीनबीच भएको एक सम्झौता अनुसार विश्वको सबभन्दा अग्लो हिमाल गरमाथाको केही भागमा चीनको दाबीलाई नेपाललाई स्वीकार गरेको छ ।
विश्वनाथ पाण्डेको पुस्तक ‘डिस्प्युटड ल्याण्डस् एण्ड नेशनल ईन्टिग्रिटी’मा उल्लेख गरिए अनुसार सन् १९६१ को नेपाल–चीन सभ्झौताले सगरमाथाको पुर्वको पट्टीको केही वर्गमाईल चीनलाई दियो । तत्पश्चात चीनले सगरमाथाको अन्य भागहरुमाथिको आफ्नो दावी छोड्यो ।

उक्त सम्झौता अथवा चीनसित भएको अन्य कुनै पनि सम्झौताले सगरमाथाको सर्वोच्च शिखर चीनमा पर्ने दावीलाई स्वीकार गर्दैन् । यद्यपि चीनले पटक–पटक सगरमाथाको सर्वोच्च शिखर नै चीनमा पर्ने दाबी गर्दैआएको छ । हालसालै चीनीँया मिडिया सिजीटिएनले सगरमाथाको सर्वोच्च शिखर चीनमा पर्ने दावी गर्दै एक तस्विर ट्वीट गरेको छ । त्यस ट्वीटले सगरमाथा शिखरको विवादलाई पुनः एक पटक सतहमा ल्याइदिएको छ ।

सगरमाथाको सर्वोच्च शिखर चीनमा पर्ने दावी सिजीटिएनले मात्र नभई पर्यटन प्रर्वद्धनका लागि खोलिएका अन्य चीनिँया व्यवसायिक वेवसाईटले पनि गर्दछन् ।

चीनद्धारा सगरमाथाको उचाईमा पनि विवाद-

सगरमाथाको सर्वोच्च शिखरको उच्चाई ८,८४८ मिटर रहेको विश्वले मानेको छ । तर यस उच्चाईलाई चीनले मान्दैन । चीनको अनुसार सगरमाथाको उच्चाई ८,८४४ मिटर मात्र हो र चीनले यसको व्यापक प्रचार गर्दैआएको छ ।

नेपाललाई जानकारी नदिई चीनको टोली सगरमाथाको उचाइ नाप्दै –

नेपालमा रहेको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्न भन्दै चीन सरकारको एउटा उच्चस्तरीय टोली सगरमाथाको आधार शिविर पुगेको छ । तर, यसबारे नेपाल सरकारलाई चीनले कुनै आधिकारिक जानकारी गराएको छैन । ली गुओपेंग नामका चिनियाँ अधिकारीको नेतृत्वमा ५५ सदस्यीय प्राविधिकहरुको टोली अत्याधुनिक उपकरणहरुसहित सगरमाथाको फेदीमा पुगेका छन् । नेपाल सरकारको प्राविधिक टोली सगरमाथाको चुचुरोमा पुगिसकेको र केही पटक सगरमाथाको फेदी र वरिपरिका क्षेत्रमा विभिन्न अध्ययनमा पूरा गरी उचाइ नाप्ने कार्य अगाडी बढाइरहेका पनि छन्। यस्तो अवस्थामा चीन सरकारले हतारिएर सगरमाथाको उचाइ नाप्न टोली नै बनाई सगरमाथाको चुचुरोतिर पठाउनुले सन्देह पैदा गरेको छ । सगरमाथा आरोहणका लागि पनि चीनले उत्तरी मोहोराबाट मात्रै आरोहण अनुमति दिने गर्दछ । बाँकी मोहोराहरुबाट आरोहीहरुले नेपालकै अनुमतिमा सगरमाथा चढछन् । यही उत्तरी मोहोरातर्फ आफ्नो भाग भएको दावी गर्दै चीनले सगरमाथाको उचाइ नाप्ने कार्य शुरु गरिसकेको छ । तर, के एउटा मोहोराबाट मात्रै सगरमाथाको उचाइ नाप्न सम्भव छ रु अवश्य छैन किनकि उचाइ नाप्न सबै मोहोहरुकै प्रयोग हुनुपर्दछ । पूर्व, पश्चिम र दक्षिण मोहोरा नाप्नुपर्दा नेपाली भूमिको प्रयोग हुन्छ । अनि नेपाली भूमि प्रयोग गर्दा नेपालको अनुमति आवश्यक पर्दैन ?

यही मे महिनाको ३ तारिक चिनियाँ सरकारको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाले प्रकाशित गरेको समाचारअनुसार, परम्परागत र आधुनिक दुवै विधि र प्रविधि प्रयोग गरी चीनले सगरमाथाको उचाइ नाप्ने प्रयास गरेको छ । सो समाचारअनुसार, यसअघि पनि केही पटक चीनले सगरमाथाको नाप गरिसकेको र १९७५ मा गरेको सर्भेमा सगरमाथाको उचाइ ८८८४/१३ मिटर र सन् २००५ मा गरेको सर्बेमा ८८४४/४३ मिटर चाइ पत्ता लागेको उल्लेख छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिंगको नेपाल भ्रमणका बेला जारी संयुक्त बक्तब्यमा नेपाल र चीनले सगरमाथाको उचाइ संयुक्तरुपमा नाप्ने कुरा उल्लेख गरिएको थियो। यसको अर्थ नेपाललाई थाहै नदिई नेपाली भूमि प्रयोग गरेर सगरमाथाको उचाइ नाप्न पाइन्छ भन्ने चाहिँ पटक्कै होइन । नापी विभागका एक उच्च अधिकृतले भने, ’नेपाली भूमि प्रयोग गर्दा नेपालको अनुमति आवश्यक हुन्छ ।

 

 



ट्रेन्डिङ