श्रीमानको खुकुरी प्रहारवाट चितवनमा एक महिलाका हत्या

श्रीमानको खुकुरी प्रहारवाट चितवनमा एक महिलाका हत्या

खैरहनी २८ बैशाख । श्रीमानको खुकुरी प्रहारवाट चितवनमा एक महिलाको हत्या भएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिकाको वडा नं. ९ सिमलटाँडी बस्ने ४९ वर्षीय कृष्णप्रसाद अधिकारीले आफ्नी ३४ वर्षीया श्रीमती अञ्जु अधिकारीको हत्या गरेका हुन । उनको घाँटीमा खुकुरी प्रहरी गरि हत्या गरिएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । घरायसी सामान्य विवादका कारण आवेगमा आएका श्रीमानले खुकुरी प्रहार गरेका थिए ।

उनको घटनास्थलमै मृत्युभएको हो । हत्या गर्न प्रयोग गरिएको खुकुरी प्रहरीले बरामद गरेको छ । यस्तै घटनाका आरोपी श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । बारा जिल्ला स्थायी ठेगाना भइ हाल सिमलटाँडीमा डेरागरी बस्दै आएका थिए । हत्या भएकी महिला कान्छी श्रीमति हुन ।

जेठी श्रीमति समेत अचेत अवस्थामा सोहि घरमा फेला परेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले जानकारी दिए ।



ट्रेन्डिङ