भारतीय हस्तक्षेपविरुद्ध ओली-प्रचण्ड एकमत : संयुक्त वक्तव्य निकाल्ने तयारी

भारतीय हस्तक्षेपविरुद्ध ओली-प्रचण्ड एकमत : संयुक्त वक्तव्य निकाल्ने तयारी

काठमाडौं २७ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा र पुष्पकमल दाहाल नेपाली भूमिमा एकतर्फी सडक निर्माण गर्ने भारतीय कदमविरुद्ध एकमत भएका छन् । भारतले नेपाली भूमिमा निर्माण गरेको सडकका विषयमा अध्यक्षद्धय ओली र दाहालले संयुक्त वक्तव्य निकाल्ने तयारी गरेका छन् । विवाद समाधानमा कुटनीतिक पहल गर्ने विषयमा दुवै अध्यक्ष एकमत हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार झण्डै २ घन्टा लामो छलफलपछि नेकपा अध्यक्षद्धय ओली र प्रचण्डले संयुक्त विज्ञप्ति निकालेर भारतीय कदमको विरोध गर्ने तयारी गरेका बालुवाटार स्रोतले जनाएकोछ । अध्यक्षद्धयबीच दिउँसो ४ बजेदेखि बेलुकी ६ बजेसम्म भेटवार्ता भएको थियो । लिपुलेकलगायत भारतले मिचेका नेपाली भूभाग फिर्ताका लागि सरकारको तर्फबाट पनि पहल गर्ने र भारतीय पक्षसँग प्रष्ट अडानसहित छलफल गर्ने विषयमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र पूर्वप्रधानमन्त्रीसमेत रहेका कार्यकारी अध्यक्ष प्रचण्डबीच छलफल भएको स्रोतको भनाइ छ ।



ट्रेन्डिङ