भारतीय दूतावासमा प्रदर्शन गर्न गएका विद्यार्थी प्रहरीको नियन्त्रणमा

भारतीय दूतावासमा प्रदर्शन गर्न गएका विद्यार्थी प्रहरीको नियन्त्रणमा

काठमाडौं २७ बैशाख । । नेपाली भूमित अतिक्रमण गरेको भन्दै भारतीय दूतावास प्रदर्शन गर्न हिँडेका विद्यार्थीहरू पक्राउ परेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपाएको भ्रातृ संगठन अनेरास्ववियूका नेता तथा कार्यकर्ताहरु शनिबार भारतीय काठमाडौंको लैनचौरस्थित दूतावासमा प्रदर्शन गर्न गएका थिए । उनीहरुलाई लैनचोर नपुग्दै उत्तरढोकाबाट प्रहरीले पक्राउ गरेको हो । विरोध प्रदर्शनमा सहभागी करिब ३० जना विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

विद्यार्थीहरुले प्रहरीले धरपकड गरेको भन्दै प्रहरीविरूद्ध नाराबाजी गरेका थिए । विद्यार्थीहरुले ब्याक अफ इण्डिया भन्दै चर्को नारा लगाएका थिए। उनीहरुले भारतीय सेनाविरूद्ध पनि नारा लगाएका थिए ।भारतले मिचेर उसैलेसमेत विवादित भनेर स्वीकार गरेको पश्चिम सीमा क्षेत्रस्थित लिपुलेकसहित नेपाली भूमिमा सडक बनाएर शुक्रबार उद्घाटन गरेपछि नेपालमा विरोध सुरू भएको हो।

 



ट्रेन्डिङ