प्रहरीमाथि हातपात गर्ने ४ जना चिनियाँ नागरिकलाई मुद्दा चलाउने तयारी

प्रहरीमाथि हातपात गर्ने ४ जना चिनियाँ नागरिकलाई मुद्दा चलाउने तयारी

काठमाडौँ २७ बैशाख । प्रहरीमाथि हातपात गर्ने ४ जना चिनियाँ नागरिकलाई अभद्र व्यवहारमा मुद्दा चलाउने भएको छ । घर फिर्तीको माग गर्दै ४७ जना चिनियाँ नागरिकले सिंहदरबार अगाडि धर्ना दिएका थिए । त्यसक्रममा उनीहरुले डीएसपी हरीबहादुर बस्‍नेतसहित प्रहरीमाथि हातपात गरेका थिए । हातपात गर्ने ४ जनालाई मुलुकी अपराध संहिता ऐन २०७४को अभद्र व्यवहार कसुरमा मुद्दा चलाएर बाँकी ४३ जनालाई रिहा गर्न लागिएको काठमाडौं प्रहरीका एसपी सोमन्द्र सिंह राठौरले बताए ।

नेपालीस्थित चिनियाँ दूतावासले पनि प्रदर्शनमा उत्रिका आफ्‍ना नागरिकमाथि कानूनी कारबाही गर्न प्रहरीलाई अनुरोध गरेको थियो । एसपी राठौरले हातपात गर्नेमाथि कानूनी कारबाही गर्न दूतावासका अधिकारीले पनि अनुरोध गरेको बताए । प्रदर्शनमा उत्रिएका ४३ चिनियाँलाई रिहा गर्न अहिले प्रहरीमा विवरण रुजु हुने काम भइरहेको छ । बाँकी ४ जनालाई महानगरी प्रहरी परिसर सिंहदरबारको हिरासतमा पठाइउन लागिएको एसपी राठौरले बताए ।



ट्रेन्डिङ