लकडाउन बढेसँगै गाउँघरमा चोरीहुने क्रम बढ्यो, गयराती शुक्रनगरबाट ५० हजारबढीको तरकारी खेतवारी चोरी

लकडाउन बढेसँगै गाउँघरमा चोरीहुने क्रम बढ्यो, गयराती शुक्रनगरबाट ५० हजारबढीको तरकारी खेतवारी चोरी

मनोज चौधरी /पिविएम न्यूज

शुक्रनगर २७ बैशाख । कोरोनाको कहरले गर्दा विश्व लकडाउन भएसंगै गाउँ बस्तीमा पनि प्रहरी प्रशासनकोले छडके अनुगमनलाई तीब्र पारेको छ । कोरोना भाईरसले गाउँघरलाई प्रभाव नपारेपनि सबै गाउँलेहरु घरमै थुनिएर बस्नुपरेको छ । अति आवश्यक काम भए मात्रै कृषकहरु आफ्ना खेत खलिहानमा निस्कने गरेकाछन् । ईलम गर्ने थलोहरु पूर्णरुपमा बन्द भएकाछन् ।

सानातिना ईलम गर्नेहरु पनि बाध्यताले घरमै छन्, जसले गर्दा गाउँलेहरु आर्थिक मन्दिको चपेटामा परेकाछन् । ज्याला मजदुरीले जिविकोपार्जन गर्नेहरुलाई मात्रै पहिचान गरि राहत बाडिए पनि राहत पर्याप्त नभएकोले हाथमुख जोर्न धौधौ परेको छ ।

भरतपुर महानगरपालिका वडा नं. २५ मा स्थानिय सरकाले प्रति घर २ वटा माक्स र एउटा डेटोल साबुन बितरण गरेको तथ्यले पनि सम्बन्धित जनमानसले पर्याप्तरुपमा राहत नपाएको प्रष्ट झल्किन्छ । आर्थिक मन्दिकै कारणले पनि गाउँघरमा दिनानु दिन चोरको बिगबिगी बढिरहेको छ । भरतपुर महानगरपालिका वडा नं. २५ स्थित नमुना कृषि फार्म सञ्चालक कृषक भोजराम महतोको तरकारी बारीबाट गए राती करिब पचास हजार बराबरको करेला चोरी भएको कृषक महतोले पिबिएम न्यूजलाई जानकारी दिए ।
करेलाको झ्याङ केलाएर चोरी भएका करेलाका भेट्ना देखाउदै कृषक महतोले दुखेसो पोख्दै ‘हेर्नुस् त यी, चोरहरुले भेटनामा आधाजति करेला छोडेका छन् । हामीले करेलाहरु भेट्ना समेत टिप्छौं ।  राती आएका चोरहरुले, डर र हतारका कारणले त्यसो गरेका होलान् । जेनतेन कमसल भाउमै भएपनि फाटफुट करेला बिक्री गरेकै थिएँ । बैंकको ब्याज तिर्न नपुगे पनि धागो र प्लाष्टिक मात्रै किन्न पुग्थ्यो होला । झन् आपतमाथि बिपत पो आईलाग्यो मलाई ’ उनले गुनासो गरे ।
लकडाउनको कारणले हरेक क्षेत्रलाई प्रभाव पारेको छ । धेरै गाउँलेहरु बिभिन्न किसिमबाट पिडित भएका छन् तर सम्बन्धित निकायले यीनीहरुका समस्यालाई पहिचान गरि समाधान गर्ने तर्फ ध्यान दिन्छ या दिदैन ? यस्ता यस्तै प्रश्नका रेखाहरु पीडित हरुका मुहारमा झल्कन्छन् ।



ट्रेन्डिङ