प्रधानमन्त्रीलाई नैतिकताको आधारमा राजीनामा दिन नेता भट्टराईको आग्रह

प्रधानमन्त्रीलाई नैतिकताको आधारमा राजीनामा दिन नेता भट्टराईको आग्रह

काठमाडौं २७ बैशाख । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेका छन् । शुक्रबारदेखि सुरु भएको संघीय संसदको बजेट अधिवेशनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संवैधानिक निकायमा कब्जा जमाउन खोजेको र सांसद अपहरणमा समेत संलग्न भएको आरोप लगाउँदै नैतिकताका आधारमा राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन् ।

‘महामारीविरुद्ध लड्ने बेला सरकार रातभर पार्टी फुटाउन लाग्छ । संवैधानिक नियुक्तिमा कब्जा जमाउन खोज्यो । यो लोकतन्त्रका लागि शुभ संकेत होइन । यसले ठूलो अनिष्ठको संकेत गर्छ,’ संसद बैठकलाई सम्बोधन गर्दै भट्टराईले भने, ‘कुर्सीमा बस्दैमा कोही ठूलो हुँदैन । सत्ता प्रयोग गरेर महान हुँदैन । नैतिकता देखाउनुस् ।’ डा। भट्टराईले अस्वस्थताको बेला लोकतन्त्र र छवि बचाउन राजीनामा दिन उपयुक्त हुने प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन्



ट्रेन्डिङ