लकडाउनका बीच संघीय संसद्‌को बजेट अधिवेशन सुरु

लकडाउनका बीच संघीय संसद्‌को बजेट अधिवेशन सुरु

काठमाडौँ २६ बैशाख । लकडाउनका बीच संघीय संसद्‌को बजेट अधिवेशन शुक्रबारबाट सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेलगत्तै अधिवेशन प्रारम्भ भएको हो ।

वैशाख २१ को मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपति भण्डारीले शुक्रबारका लागि संसद्‌को छैठौं अधिवेशन आह्वान गरेकी थिइन् । जेठ १५ गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाका कारण कोरोना भाइरसको महामारीका बीच पनि अधिवेशन सुरु भएको हो ।

अधिवेशन सुरु हुनुअघि स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपायहरु अपनाइएको छ । सांसदहरुको तापक्रम ९ज्वरो० नापेर मात्रै संसद् भवनभित्र पस्न दिइएको छ । गेटमा छिर्नुभन्दा पहिले सांसदहरुले औषधि राखेको फर्ममाथि कुल्चेर भित्र छिरेका छन् । भित्र छिर्नुअघि सांसदहरुलाई स्यानिटाइजर दिइएको छ । सांसदहरुले मास्क र पञ्जा लगाएका छन् । बजेट ल्याउनुअघि संसद्‌मा सरकारले नीति तथा कार्यक्रम पेस गर्नुपर्ने छ । त्यस्तै सरकारले आगामी वर्षको आर्थिक सर्वेक्षण पनि प्रस्तुत गर्ने छ भने जेठ १५ गते बजेट पेशगर्ने छ ।

संघीय संसद्‌को पाँचौं ९हिउँदे० अधिवेशन गत चैत २४ गते अन्त्य भएको थियो । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लकडाउन लागू गरेपछि हिउँदे अधिवेशन छिट्टै अन्त्य गरिएको थियो ।



ट्रेन्डिङ