मलेसियामा थप ९ जना नेपाली सुरक्षागार्डमा कोरोना संक्रमण देखियो /संक्रमित नेपालीको संख्या २० पुग्यो

मलेसियामा थप ९ जना नेपाली सुरक्षागार्डमा कोरोना संक्रमण देखियो /संक्रमित नेपालीको संख्या २० पुग्यो

आरएन चौधरी थारु / पिविएम न्यूज
क्वालालम्पुर ( मलेसिया ) २६ बैशाख । मलेसियाको क्वालालम्पुरमा एकैदिनमा ९ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । राजधानी क्वालालम्पुर चेरास स्थित एक सपिङ मलमा कार्यरत्त ९ जना नेपाली सुरक्षागार्डमा संक्रमण देखिएको हो ।

मलेसियन स्वास्थ्य मन्त्रालयले एक सूचना सार्वजनिक गर्दै नेपाली सेक्युरिटीमा कोरोना देखिएको जानकारी दिएको हो । मलेसियन स्वास्थ्य टोलीलेति सेक्युरिटीगार्डहरुको सम्पर्कमा रहेका सम्पूर्णको चेकजाँच गर्न थालेको छ ।
यो खबर सँगै ५ लाख नेपाली कामदार संक्रमणबाट प्रभावित हुने खतरा देखिएको छ । त्यसमध्य सेक्युरिटी गार्डमा कार्यरत नेपाली श्रमिकहरु उच्च सुरक्षा जोखिममा काम गर्न बाध्य रहेका छ्न।

यो समाचार तयार पार्दासम्म कोरोनाले मलेसियामा १ सय ७ जनाको मृत्यु भैसकेको छ भने ६ हजार ४ सय ६७ जनामा कोरोनाको संक्रमण देखिएको छ । यस अघि पनि नेपालीमा संक्रमण देखिएको थियो । अहिले सम्म २० जना नेपालीमा कोरोना संक्रमण देखिएको मध्य ३ जना निको भैईसकेको र बाँकी उपचाररत रहेको बताइएको छ ।



ट्रेन्डिङ