भारतीय सीमा क्षेत्रमा नेपाली सेनाको गस्ती टोली परिचालन गरिने

भारतीय सीमा क्षेत्रमा  नेपाली सेनाको गस्ती टोली परिचालन गरिने

काठमाडौँ २४ बैशाख । सरकारले भारतीय सिमानाबाट पाँच किलोमिटर दूरीमा नेपाली सेनाको गस्ती टोली परिचालन गर्ने भएको छ । दक्षिणतर्फका नाका सिल गर्न खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीमाथि भारतीयबाट सांघातिक हमला र दुर्व्यवहारका घटना हुनुका साथै अवैध प्रवेश नरोकिएपछि गृहमन्त्री स्तरीय निर्णयबाट सेना परिचालन गर्न लागिएको हो । यसका लागि गृह मन्त्रालयले मंगलबार सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइसकेको छ ।

भारतीय नागरिकबाट नेपाली सुरक्षाकर्मीमाथि आक्रमण प्रयास भएपछि मंगलबार बिहान घटनास्थल झापा गाउँपालिका–४ जुलिगाछीस्थित सीमा क्षेत्र अवलोकन गर्दै सुरक्षाकर्मी र जनप्रतिनिधि । तेस्रो तहमा सेनालाई तैनाथ गराउँदा जबर्जस्ती अवैध प्रवेश गर्नेका लागि मनोवैज्ञानिक त्राससमेत सिर्जना हुने गृहको बुझाइ छ । पूर्वदेखि सुदूरपश्चिमसम्म १ हजार ८ सय ८० किमि दूरीमा नेपालका २३ जिल्ला भारतसँग जोडिएका छन् ।

चैत ११ गते लकडाउन सुरु भएसँगै सीमा हँुदै आवतजावत नियन्त्रण गर्न भारततर्फ सशस्त्र प्रहरीका १ हजार २ सय १३ र नेपाल प्रहरीका ४ सय ७० स्थानमा चेकप्वाइन्ट खडा गरिएका छन् । यी स्थानमा करिब ३० हजार सुरक्षाकर्मी परिचालित छन् । तर खुला सिमानाका कारण भारतीयले नेपाल आउने क्रममा सुरक्षाकर्मीलाई दुव्र्यवहार र आक्रमण नै गर्न थालेपछि सेनाको सहयोग लिनुपरेको गृह मन्त्रालयले जनाएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को परिच्छेद ३ मा प्रमुख जिल्ला अधिकारीलाई स्थानीय शान्तिसुरक्षा, दंगा नियन्त्रण, निषेधाज्ञा, कफ्र्यु आदेश जारी गर्ने र यसका लागि अन्य सुरक्षा निकायले परिस्थिति नियन्त्रण गर्न नसकेको अवस्थामा ‘ब्याकफोर्स’ मा रहने गरी सेना खटाउन सक्ने अधिकार दिइएको छ ।



ट्रेन्डिङ