बिहीबार साँझ घरघरमा दीप प्रज्वलन गर्न सरकारको आह्वान

बिहीबार साँझ घरघरमा दीप प्रज्वलन गर्न सरकारको आह्वान

काठमाडौं २३ बैशाख । कोरोना ( कोभिड १९ ) रोकथामका लागि सरकार मात्रै होइन आम नागरिकले समेत सहयोग गर्दै आएका छन् । घरभित्रै बस्नुपनि सरकारलाई सहयोग गर्नु हो ।

उसो त कोरोना संक्रमितहरुको उपचारका लागि चिकित्सक देखि स्वास्थ्य क्षेत्रमा लागेका अन्य कर्मचारीहरु पनि निरन्तर खटिरहेका छन् । प्रहरी, प्रशासन देखि सबै क्षेत्र कोरोनाको संक्रमण रोकथामकै अभियानमा जुटेका छन् । यसैलाई मध्येनजर गर्र्दै सरकारले विहीबार साँझ ७ बजे दीप प्रज्वलन गर्न आह्वान गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गरेको हो । प्रत्येक नेपालीको घरमा दीप प्रज्वलन हुनेमा प्रधानमन्त्री केपी शर्मा ओली विश्वस्त रहेका छन् । बिहीबार अर्थात २५ वैशाखमा वुद्धजयन्तीको अवसर पारेर दीप प्रज्वलन गर्न आह्वान गरिएको हो ।



ट्रेन्डिङ