नेकपा रत्ननगरद्धारा स्थानीय सरकारलाई आर्थिक तथा राहत सामाग्री हस्तान्तरण

नेकपा रत्ननगरद्धारा स्थानीय सरकारलाई आर्थिक तथा राहत सामाग्री हस्तान्तरण

चितवन २३ बैशाख । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) रत्ननगर नगर कमिटीले रत्ननगर नगरपालिकालाई आर्थिक तथा राहत सामाग्री हस्तान्तरण गरेको छ । सो पार्टीले कोरोना नियन्त्रण र अति विपन्न बर्गलाई राहत प्रदान गर्न आर्थिक तथा राहत सामाग्री सहयोग गरेको हो ।

नगर अध्यक्ष कुलप्रसाद लामिछानेले नगरपालिकामा स्थापित राहत कोषमा रहने गरी १ लाख ७८ हजार १०० नगद र लकडाउनका कारण समस्यामा परेका अति विपन्न समुदायलाई वितरण गर्ने गरी तीन क्वीन्टल चामल र ५० किलो दाल हस्तान्तरण गरिएको बताए । नगर अध्यक्ष लामिछाने,नेकपाका जिल्ला इन्चार्ज तथा प्रदेश सांसद कृष्णप्रसाद खनाल,प्रदेश सांसद कन्चन खनालले मेयर नारायण वन र उपमेयर विमला दुवाडीलाई सो रकम र राहत सामाग्री हस्तान्तरण गरेका थिए । सो अबसरमा नगर अध्यक्ष लामिछानेले महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रण र अति विपन्नलाई राहत प्रदान गर्ने गरी स्थानीय सरकारलाई आर्थिक तथा राहत सामाग्री हस्तान्तरण गरिएको बताए ।

कोरोना नियन्त्रणका लागि रत्ननगर नगरपालिकाले गरेको प्रयासहरुमा पार्टीको तर्फबाट एक्यबद्धता जनाउदै नगर अध्यक्ष लामिछानेले आगामी दिनहरुमा पनि कोरोना नियन्त्रणको काममा पार्टीले सहयोग गर्ने बताए । मेयर नारायण वनले पार्टीको तर्फबाट भएको सहयोगले कोरोना विरुद्धको लडाइमा बल प्रदान गरेको बताए ।  उनले राहत वितरणलाई व्यवस्थित गर्दै काम लगाएर राहत दिने नीति नगरपालिकाकाले अख्तियार गरेको बताए । उपमेयर विमला दुवाडीले विपन्न बर्गका विरामी,अशक्त तथा अपाङ्गहरुलाई प्राथमिकतामा राखेर राहत प्रदान गर्ने बताइन । कार्यक्रममा पार्टीका नेता,कार्यकर्ता तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको नगर सचिब ओम लामिछानेले जानकारी दिए ।



ट्रेन्डिङ